राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डायमण्ड र एपीएफ भिडने

ZEN Travels

पर्वत कुस्मा फागुन २३ ।
दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा चिर–प्रतिद्धन्द्धी शिवम् न्यु डायमण्ड एकेडेमी र एपीएफबीच उपाधि भिड्न्त पक्का भएको छ । बुधवार बडगाउ स्थित शसस्त्र प्रहरी बलको कोर्टमा भएको पहिलो सेमिफाईनल खेलमा शिवम् न्यु डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हरायो । शिवम् न्यु डायमण्डले नेपाल पुलिसमाथी २५–१८,२१–२५,२५–२१ र २५–१९ को जित निकाल्यो । दोश्रो सेमिफाईनल खेलमा एपीएफले नेपाल आर्मीलाई ३–० को सेटमा हरायो । शुरुवात देखिनै शसक्त प्रदर्शन गरेको एपीएफले आर्मीलाई २५–९,२५–२१ र २५–२१ को सोझो सेटमा स्तब्ध बनायो ।
यस अघि नेपाल पुलिसले आफ्नो अन्तिम लिग खेलमा आयोजक दिदिबहिनीलाई २५–७,२५–१ र २५–८ को सोझो सेटमा हराउदै समूह बीको उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान बनाएको थियो । त्यस्तै समूह एको अन्तिम लिग खेलमा नेपाल आर्मीले पश्चिमाञ्चललाई २५–१७,२५–२१ र २५–२० को सोझो सेटमा हराउदै उपबिजेताको हैसियतमा अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो ।
साबित्री कन्चनजंगा अगरबत्तीको मुख्य प्रयोजन रहेको प्रतियोगितामा साबिक बिजेता शिवम् न्यु डायमण्ड एकेडेमी, शसस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ र आयोजक दिदिबहिनीको स्थाीनय टिमले प्रतिस्पर्धा गरेका छन् । आयोजक दिदिबहिनी र पश्चिमाञ्चल लिग चरणबाट बाहिरीएका छन् भने पुलिस र आर्मीले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । बिहिवार सम्पन्न हुने प्रतियोगिताका बिजेताले १ लाख,उपबिजेताले ६० हजार र तेश्रो हुनेले ४० हजार नगद सहित ट्रफि,मेडल प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्ने छ भने उत्कृष्ट स्पाईकर,सेटर,ब्लकर,क्विाकर,सर्भरले जनही ५ हजार नगद प्राप्त गर्ने छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला