बार्सिलोनाका नेपाली महिलाले पनि मनाए नारी दिवस ( फोटो / भिडियो ) सहित

ZEN Travels

बिजय शर्मा दर्पण

स्पेन । ८ मार्च, १०८ औँ अन्तर्राष्टिय श्रमिक नारी दिवस । विश्वका महिलाले मुक्तिका लागि गरेको संघर्षको सम्झना गर्ने दिन । हरेक वर्ष झैँ यस वर्ष पनि विश्वभर अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाईएको छ । सन् २०१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालिएको हो । नेपालमा भने यो दिवस वि.सं. १९७५ देखि मनाइँदै आइएको छ।

१ सय ८ औं अन्तराष्ट्रिय नारी दिवस बार्सिलोनामा भव्यताका साथ मनाईएको छ । “उठौ दिदिबहिनी संसारमा लम्कन, ब्युझौ दिदीबहिनी हाम्रो ईतिहास कोर्न “भन्ने सन्देशका साथ गैर आवासीय नेपाली संघ महिला फोरम स्पेनले सहभागिता जनाएको थियो ।

हजारौ स्पेनिश नारीहरुले निकालेको जुलुसमा नेपाली झण्डा सहित यहाँ रहेका नेपाली महिलाहरुको सहभागिता रहेको थियो । महिला फोरम संयोजक ऋतु ढुंगानाले भनिन – नेपाली महिलाले दशकौंदेखि आफ्नो स्वतन्त्रता, समानता र मुक्तिको लागि संगठितरुपमा संघर्ष गर्दै आइरहेको उल्लेख गरिन् । उनले थपिन्, “तर प्रतिक्रियावादी राज्यव्यवस्थाले उनीहरुप्रति सधै उपेक्षाको नीति अपनाउँदै आईरहेको छ र उनीहरुमाथि भइरहेको भेदभाव, अन्याय, अत्याचार, शोषण, दमन अहिले पनि विद्यमान छ । महिलामाथिको हिंसा दिनानुदिन बढिरहेको छ । यसका लागि हामी महिलाहरु एकजुट हुन अति जरुरी भएको छ ।”

नेपाल तथा नेपालीहरुको सन्दर्भमा नारी दिवसलाई महिलाहरुको समस्या समाधान र नारी मुक्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको तीन दशक बढी पार भइसकेको अवस्था छ यद्यपि नारीहरुलाई समाज र राज्यले गर्ने विभेद र हेर्ने दृष्टिकोण उस्तै हुनाले समस्या जहाँको तहीं छन्, झन् गम्भीर हुँदै गएको महसुस भैरहेको गैर आवासिय नेपाली संघ स्पेनकी उपाध्यक्ष सिता सिंहले बताईन ।

त्यस्तै आधा आकाश ढाक्ने र आधा धर्ती ओगट्ने नारी शक्तिलाई, मातृशक्तिलाई राज्यले पुरुषहरु समान अधिकारको ग्यारेन्टी गर्न टड्कारो रूप नलिएको र दोस्रो कोटिको ब्यवहारभित्र पार्दै उलझाइरहेको अबस्थामा नारीहरुले दवाबमुलक कार्यक्रमहरु गर्नुपर्ने अबस्था रहेको जमुना सापकोटाले जानकारी दीइन ।

उक्त कार्यक्रममा महिला फोरमकी सह सयोजक रन्जिता गौतम सिवाकोटी , नेपाली जनसम्पर्क समिति स्पेनकी सह कोषाध्यक्ष अन्जु तिमिल्सिना अधिकारि , सरिता तिमिल्सिना पराजुली , गैर आवासीय नेपाली संघ स्पेनकी सल्लाहकारद्वय बिनिता रेग्मी खनाल र सरला सापकोटा ( नेपाली पाठशाला स्पेनकी सयोजक ) लगायत धेरै नेपाली महिलाहरुको उपस्थिति रहेको थियो ।

भिडियो हेर्नुहोला

थप फोटोहरु

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला