भारतबाट बिरगंज ल्याएको हरियो तरकारी सडकमा

ZEN Travels

नेहाल खान ,बिरगंज ।

बिरगंज भन्सार ले अन्तशुल्क तेबर गरेकोमा तरकारी व्यवसायीहरुले मुख्य भन्सार अगाडी भारत बाट ल्याईएको हरियो तरकारी सडकमा फ्याली बिरोध जनाएका छन । नेपाल अधिराज्यभरी भारत बाट ल्याईएको हरियो तरकारी को प्रति किलो ५ रुपैयाको दरले अन्तशुल्क लिने गरेको तर बिरगंज भन्सार ले अन्तशुल्क १५ रुपैया लिन्दा बिरोध भएको तरकारी व्यपारी अक्लेस साह ले जनाएका छ । त्यसै गरी बिरगंज भन्सार का अधिकृत संतोष यादव संग जानकारी लिन्दा हरियो तरकारी को प्रकार मा हामीले मुल्य शुल्क निर्धान गरेको तर यो दर रेट बिरगंज भन्सारमा बाहेक अन्य भन्सारमा नरहेको बताउनु भो । बिरोध का कारणले गर्दा बिरगंज भन्सार को यातायात घण्टौं सम्म अबरोध भएको थियो । बिरोधको ३ घण्टा पश्चात हरियो तरकारी व्यपारी र भन्सार प्रमुख सेवन्त पोख्रेल बिच १० रुपैया किलो मा सहमती भए पछी बिरोध कार्यक्रम रोकिएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला