स्विटजरल्याण्डमा नारि दिवस बिशेष कार्यक्रम सम्पन्न

ZEN Travels

स्विटजरल्याण्ड  । बिगत बर्षहरुमा झैँ यस बर्ष पनि गैर आवासिय नेपाली संघ महिला फोरम स्विटजरल्याण्डले नारी दिवसमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। अन्र्तराष्ट्रिय महिला दिवस मार्च ८ तारिख विश्व भर मनाईने भएता पनि स्विटजरल्याण्डमा छुट्टीको समय पारेर आईतबार मनाईएको हो। कार्यक्रममा यहाँ रहेका विभिन्न संघ संस्थाका अध्यक्ष लगायत प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

महिला फोरमकी संयोजक सुभा एल्मर लामाको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि स्विटजरल्याण्डका लागि नेपाली राजदुत दिपक धिताल ज्युले पानसमा बत्ती बाली कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
अतिथिमा नारि समाज पोर्तुगलकी अध्यक्ष तथा एन आर एन महिला फोरम पोर्तुगलकी संयोजक सिता बराल त्यस्तै नारि समाज पोर्तुगलकी महासचिब मिना खरेलको बिसेष उपस्थिति रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला