कास्की समाज स्पेनको दोस्रो अधिवेशनबाट अध्यक्षमा केदारनाथ ढुड्गाना 

ZEN Travels

भोला लामिछाने
 
बार्सिलोना  । बार्सिलोनामा सम्पन्न कास्की समाज स्पेनको दोस्रो अधिवेशनबाट केदारनाथ ढुड्गाना अध्यक्षमा निर्वाचित भएका छन् । कास्की समाज अन्तराष्ट्रीय समन्वय परिषदका अध्यक्ष पुर्ण तिमील्सीनाको प्रमुख आथित्य र पोर्चुगल निवासी कास्की समाज अन्तराष्ट्रीय समन्वय परिषदका महासचिव गोविन्द पौडेल को विशेष अथित्यतामा सम्पन्न उक्त अधिवेशन बाट निम्न १३ सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष केदार नाथ ढुड्गाना उपाध्यक्ष बल बहादुर कार्की उपाध्यक्ष कुमार गुरूड महा सचीव गोविन्द तिमिल्सीना सचिव सुरेश भण्डारी कोषाध्यक्ष एकराज भण्डारी सदस्यहरूमा सान्ता राणा केशर थापा दिनेश कार्की गणेशराज अधिकारी दिपक पराजुली खेम कुमार भण्डारी महेश बन्जारा रहेका छन् ।
 
अधिवेशनबाट संरक्षकमा निव्वर्तामान अध्यक्ष दिलनाथ भण्डारी लाई नियुक्त गरिएको छ ।साथै आई सी सी सदस्यमा शिव कुमार लामिछानेलाई नियुक्त गरेको छ । अधिवेशनमा वर्तमान उपाध्यक्ष कुमार गुरूड द्वारा समाजलाई वाध्यबाधक (खैजरी मुजुरा मादल ) हस्तानतरण सहयोग गरेका छन् ।
अधिवेशनमा स्पेन स्थित विभिन्न संघ संस्थाहरूका पदाधिकारीहरूको उपस्थीती रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला