बेलायतमा नेपालीको हत्या गर्ने सुनमायालाई ८ वर्षको जेल सजाय

ZEN Travels

लन्डन । बेलायतको अल्डर्सटमा एक ७५ वर्षीय बृद्ध भूपू गोर्खाको हत्या गरेको अभियोगमा ८ वर्षको जेल सजाय सुनाइएको छ।

सन २०१७ को मार्च महिनाको १० तारिखमा मान बहादुर लिम्बुको हत्या गर्ने ५१ वर्षीया सुनमाया तामाङले ८ वर्षको जेल सजाय पाएकी हुन्।

इङल्यान्डको सेन्ट्रल क्रिमिनल कोर्ट्ले सुनमायालाई दोषी ठहर गर्दै सजाय सुनाएको हो। सुनमायाले अल्डर्सटस्थित आफ्नै घरमा आएका लिम्बूलाई घाटी अठ्याएर हत्या गरेकी थिइन्।

अदालतसामु बयानका क्रममा सुनमायाले उनीहरु दुई बीचको विवादपछि लिम्बू आक्रामक भएको र आफुले प्रतिरक्षा गर्ने प्रयास गर्दा उनको मृत्यु भएको बताउदै आएकी थिइन्। तर सुनमायाले नियतवश नै हत्या गरेको ठहर अदालतले गरेको छ।

हत्यापछि लिम्बुको शब सुनमायाकै भान्सा कोठाको भुइमा लडेको अवस्थामा सुनमायाकी छोरीले फेला पारेकी थिइन्।

सुनमाया भने लिम्बुको हत्या गरिसकेपछि उनको घरमा गएर लिम्बुकी श्रीमति लाई ज्यान मार्ने धम्कीसहित आक्रमण गरेर घाइते बनाएकी थिइन्।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला