पर्वत उद्योग वाणिज्य संघको निर्वाचन चैत ३ गते

ZEN Travels

पर्वत ।
पर्वत उद्योग वाणिज्य संघको आगामी चैत ३ गते हुने निर्वाचनमा नेतृत्वका लागि दुई पक्षिय प्रतिष्पर्धा हुने भएको छ ।

संघको नेतृत्वका लागि केदारनाथ शर्मा र लेखनाथ शर्माको समूहबीच प्रतिष्पर्धा हुने भएको हो । केदारनाथ शर्मा वर्तमान कार्यसमितिका वाणिज्य उपाध्यक्ष हुनुहुन्छ भने लेखनाथ शर्मा पूर्व प्रथम उपाध्यक्ष हुनुहुन्छ । केदारनाथलाई वाम गठबन्धनतर्फका व्यवसायीको समर्थन छ भने लेखनाथले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिनुभएको हो ।

अध्यक्षसहित २३ जना सदस्यका लागि हुने निर्वाचनमा दुवै समूहबाट गरी ५२ जनाको उम्मेदवारी परेको छ । सोमबार उम्मेदवारी दर्ताको समय तोकिएकोमा ५२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला