रोट्याक्ट क्लव अफ पर्वतका अध्यक्षद्धारा बिबाह भोज खर्च कट्टाएर अक्ष्यकोष स्थापना

ZEN Travels

पर्वत, रामकृष्ण लामिछाने ।
तँपाई प्रायःले आफ्नो विवाह खर्च भोजभतेरमा सक्नुभयो होला ? तर यहाँका एक युवा ब्यवसायी एवम समाजसेवी कुश्मा नगरपालीका १२ का मिलन पौडेलले बिबाहमा भोजभतेरमा गरिने खर्च बिद्यालयलाई प्रदान गरेका छन । उनले नगद एक लाखको अक्ष्यकोष जनता सुर्दशन मावि ठुलिपोखरीमा स्थापना गरेका छन । उनले समाजमा भोजभतेरका लागि गरिने खर्च समाजिक काममा दिने सन्देश् प्रभाह् गर्न अक्ष्यकोष स्थापना गरेको बताएका छन ।‘आफुले पढेको बिद्यालयमा मैले सानो रकमको अक्ष्य कोष स्थापना गरेको हुँ,‘उनले भने । यो रकमले बिद्यालयमा गरिबीका कारण पढन नपाएका बिद्यार्थीहरुलाई सहयोग पुग्ने अपेक्षा राखेको बताए ।

अक्ष्यकोष स्थापना कार्यक्रममा कुश्मा नगरपालीका १२ का बडाध्यक्ष राजेन्द्र पौडेलले भने–‘यो कार्य प्रशंसनीय छ’,समाजमा भोजभतेर गरेर फजुल खर्च गर्नुभन्दा यस्तै समाजिक कार्यको थाल्नी गर्न उपयुक्त हुने बताए । सो अक्ष्य कोष स्थापना कार्यक्रममा रोट्याक्ट क्लव अफ पर्वतका पदाधिकारीहरु,बिद्यालयका शिक्षक–शिक्षिका समेतको उपस्थीती रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला