चार पांङ्गे गाडी मा अकास्मिक आगालागि

ZEN Travels

 नेहाल खान ।
जिल्ला प्रहरी पर्सा को हाता भित्र पक्राउ परेका अबैध चार पांङ्गे गाडी मा अकास्मिक आगो लाग्दा केही बेर जिल्ला प्रहरी कार्यालय भित्र नै कोलाहल मचिएको थियो । आगो लाई नियन्त्रण गर्न संघिय ईकाई प्रहरी र जिल्ला प्रहरी पर्सा का प्रहरी जवानहरु ले केहीबेर मा नै आगो लाई नियन्त्रण गरेका थिए । आगलागी बाट एउटा पुरानो कबाड जिप जलेर क्षेती भएको प्रहरी श्रोतले जनाएका छन । जिल्ला प्रहरी पर्सा को हाता भित्र राखिएको पुरानो गाडीहरु कबाड भएता पनी लिलाम नगरी राखीएको गाडीको वरीपरी सुखेको घासपात बढी भएकोले जिल्ला प्रहरी पर्सा को पख्राल बाहिर बाट कसैले चुरोट खाएर फ्यालेको ले गर्दा आगो लागेको जिल्ला प्रहरी पर्सा ले जनाएका छन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला