पाँच वर्षदेखि टुक्रुक्क बसेको बस्यै

ZEN Travels

खोटाङ –

भुईमा काठको मैलो फलेक तेस्र्याएर राखिएको छ। त्यही फलेकमाथि टुसुक्क बसेका छन् ३० वर्षीय उमेश गुरुङ। मानसिक सन्तुलन गुमाएपछि खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीका उमेश पाँच वर्षदेखि यसरी नै टुसुक्क बसिरहेका छन्।

मानसिक सन्तुलन गुमाएपछि बारेको कोठामा राखिएका उमेश न हिँडडुल गर्छन्, न उठबस नै गर्छन्। न रातमा रातका समयमा सुत्छन् नै। चौबिसै घण्टा एकै ठाउँमा टुक्रुक्क बसेर बिताउँछन्। खाना उनकै ठाउँमा लगिदिने गरिएको छ।

६–७ वर्ष अघिसम्म उमेशको मानसिक अवस्था सामान्य थियो। आधारभुत तहसम्म अध्ययन गरे। एकाएक अभद्र व्यवहार देखाउन थालेपछि उनको मानसिक सन्तुलनमा पनि समस्या देखिन थालेको स्थानीय बताउँछन्। उनको पढाई पनि बीचैमा टुंगियो।

अस्वाभाविक क्रियाकलाप देखाउन थालेपछि उनलाई कोठा बारेर छुट्टै राख्न थालिएको केपीलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले बताए। ‘सुरुमा उमेशको अवस्था पूर्ण सपांग थियो, पछि मात्र मानसिक सन्तुलन गुमेको हो,’ वडाध्यक्ष गुरुङले भने, ‘थुनेर राखेको केही समयसम्म त सामान्य होस थियो, त्यसपछि पूर्णरुपमा मस्तिष्कले काम गर्न छाडेको देखिन्छ।

’शरीरमा लगाइदिएको लुगा च्यातचुत पारेर फाल्ने गरेकाले हाल उनी मैलो कम्बल ओढेर बस्छन्। उमेशको दिशा पिसाब बसेकै ठाउँमा हुन्छ। दिशा पिसाब परिवारले सफा गरिदिने गरेको छ। लामो समयसम्म एकै ठाउँमा बसिरहेकाले उनको खुट्टा नचल्ने अवस्थामा पुगेको स्थानीयको अनुमान छ। लामो समय बित्दा समेत उमेशको मानसिक समस्याको उपचार गर्नमा सकैको ध्यान पुग्न सकेको छैन।

अपांगताको परिचयपत्र वितरणका लागि फागुन २८ र २९ गते केपीलासगढी गाउँपालिका–४ बाक्सिलामा घुम्ती शिबिर सञ्चालन गर्न गएका बेलामा घरैमा पुगेर उमेशलाई अपांगताको परिचयपत्र प्रदान गरिएको महिला तथा बालबालिका कार्यालय खोटाङकी निमित्त प्रमुख भुवन राईले बताईन्। Nagariknews

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला