१२ वर्षपछि पुनः संसार देख्न पाउँदा दंग

ZEN Travels

खोटाङ –

दृष्टि गुमेको १२ वर्षपछि पुनः संसार देख्न पाउँदा मनमा कति हर्ष होला ! त्यही हर्षको अनुभव संगालेकी छिन् खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पा नरुङकी १०२ वर्षीय अम्बीका दर्जीले। सगरमाथा चौधरी आँखा अस्पताल लाहान र नेपाल नेत्रज्योती संघ खोटाङले ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा आयोजना गरेको निशुल्क आँखा शल्यक्रीया शिबिरमा शल्यक्रीया गरिएकी दर्जीले मंगलबारबाट पुन आँखा देख्न सक्ने भएकी हुन्।

शल्यक्रीया गरेको दोश्रो दिन आँखाको पट्टी खोल्दा दर्जीको गुमेको ज्योती फर्किएको नेपाल नेत्रज्योती संघका सचिव ईन्द्र कसजूले बताए। ‘आँखाको मोतियाबिन्दु भएको बा¥ह वर्ष भएको रहेछ,’ सचिव कसजूले भने, ‘आँखा शिबिरमा शल्यक्रीया गरिएको थियो, दोश्रो दिन खोल्दा आँखा देख्न सक्नु भएको छ। यो सफलताले हामीलाई खुसी मिलेको छ।’

मोतिया बिन्दु भएका कारण करिब ९० वर्षको उमेरदेखि नै अम्बीकाले आँखा देख्न छाडेकी थिईन्। सेतै केस फुलेकी अम्बीका आँखाको ज्योती गुमेपछि छामछुम गर्दै एक ठाउँबाट अर्को ठाउँ सर्ने गरेकी थिईन्। आफन्तको सहाराबाट मात्र भित्रबाहिर गर्दैआएकी अम्बीकालाई उनका नातिनी बुहारी सुबीमायाँले आँखा शिबिरमा ल्याएकी थिईन्। सोमबार दाहिने आँखाको शल्यक्रीया गरिएकी उनको मंगलबार पट्टी खोखिएको हो। शल्यक्रीया गरेको दाहिने आँखाको दृष्टि फर्किएपछि पुन मंगलबार दाहिने आँखाको शल्याक्रीया गरिएको छ।

ऐसेलुखर्कमा यसअघि २–३ पटक आँखा उपचारका लागि शिबिर सञ्चालन गरिएको थियो। तर, मर्नेबेलामा भएको भन्दै आँखाको उपचार गर्नमा न उनको ध्यान गयो न परिवारकै। ‘उपचार गर्दा गुमेको ज्योती ठीक हुन्छ’ भन्ने सुने  जानेका नातिनी बुहारी सुबीमायाँले बृद्धालाई शिबिरमा पु¥याएकी थिईन्। उनलाई खेतालो लगाएर डोकोमा बोकेर शिबिरसम्म ल्याएको थियो। आँखाको ज्योती फर्कदा परिवारमा खुसी छाएको नातिनी बुहारी सुबीमायाँले बताइन्।

यस्तै, छोराले डो¥याउँदै ल्याइएकी ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीकी ७२ वर्षीय राजमायाँ राईको पछि मोतियाबिन्दुको सफल उपचार भएको छ। एम्बुलेन्समा शिबिरमा ल्याइएकी राजमायाँको शल्यक्रीयापछि आफै हिँडेर घर फर्किइन्।

निशुल्क आँखा शल्यक्रीया शिबिरमा अम्बीका र राजमायाँ जस्ता ३४ जनाको मोतियाबिन्दुको मुख्य शल्याक्रीया गरिएको छ। आँखाको समस्या भएर कष्टपूर्ण जीवन बिताइरहेका सर्वसाधारणलाई लक्ष्यीत गरेर आयोजना गरिएको शिबिरमा ४८१ जनाको सामान्य जाँच तथा उपचार गरिएको सचिव कसजूले बताए। आइतबारदेखि सुरु भएको तीन दिने आँखा उपचार शिबिरमा डा. छिरिङवाङचु भुटिया लगायतका १० स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गरेका छन्। Nagariknews

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला