यस्तो भन्छ अध्ययन -मृत्यु हुनुभन्दा अघि मानिसको दिमागमा कस्ता कुरा आउँछन् ?

ZEN Travels

काठमाडौँ ।

मृत्यु कसैको वशमा छैन । हरेक प्राणीहरु नचाहेरै जन्मन्छन् र अन्त्यमा नचाहेरै मर्छन् । मृत्युका बारेमा सामान्य आँकलन भएपनि मानिस कति बेला मर्छ भन्ने कुरा अत्यन्तै जटिल प्रश्न हो । हाम्रो शरीरले मृत्यु हुने बेला कस्ता कस्ता लक्षण देखाउँ। यो कुरामा वैज्ञानिक अनुसन्धान पनि भएको छ । मानिस मृत्युका बारेमा जानकार भयो भने उ अझ बढी निराश बन्ने भएकोले वैज्ञानिकहरुले अनुसन्धान गरेका कतिपय कुराहरु पनि गोप्य नै रहेका छन् । हाम्रो दिमागमा मृत्यु हुनुभन्दा पहिले के कस्ता कुराहरुको सोच आउँछ यो कुरा वैज्ञानिकले अनुसन्धान गरेका छन् ।

यो अध्ययन बर्लिनका चेरिट विश्वविद्यालय र ओहायोको सिनसिनाटी विश्वविद्यालयका वैज्ञानिकले जेन्स द्रेयरको अगुवाइमा गरेका हुन् ।

यसका लागि वैज्ञानिहरुले केही बिरामीको दिमागका तन्तुमाथि गम्भीर रुपमा निगरानी गरे । यसका लागि उनीहरुले बिरामीका परिजन (आफन्तजन)बाट पूर्वानुमति लिएका थिए ।

अध्ययनमा सामेल बिरामीहरु भीषण सडक दुर्घटनामा घाइते भएका तथा स्ट्रोक र कार्डियक अरेस्टको शिकार भएकाहरु थिए । वैज्ञानिकहरुले पत्ता लगाए कि मृत्युको समयमा जनावर र मानिसको दिमाग एकै तरिकाले काम गर्छ । साथै एक यस्तो समय पनि आउँछ जब दिमागी काम–काज आभास (महशुष)मा मात्रै परिणत हुन जान्छ ।

यो अध्ययनको उद्देश्य मृत्युको अन्तिम क्षणमा पनि कुनै व्यक्तिलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा पनि केन्द्रित थियो । अध्ययनमा सहभागी वैज्ञानिकहरुको भनाइ छ कि शोध (अध्ययन)भन्दा पहिले ‘ब्रेन डेथ’को बारेमा जति पहिले जानकारी थियो त्यो भन्दा बढी जनावरमा गरिएको अध्ययनबाट पत्ता लाग्यो ।

अनुसन्धानमा संलग्न डाक्टरहरु भन्छन्, 

मृत्युको बेला..

– शरीरमा रगतको प्रवाह रोकिन्छ । जसका कारण दिमागमा अक्सिजनको कमी हुन जान्छ ।

– सेरेब्रल इस्किमया नामको यस स्थितिमा जÞरूरी रासायनिक अवयवको कमी हुन जान्छ । जसका कारण  दिमागमा ‘इलेक्ट्रिकल एक्टिभिटी’ पूर्ण रुपमा समाप्त हुन्छ ।

– यस्तो मानिन्छ कि दिमाग शान्त हुने यो प्रक्रिया यसकारण हुन्छ कि भोकाएका न्यूरोन आफ्नो उर्जा संरक्षित गर्छन् । तर ती न्यूरोनले गरेको उर्जा कुनै काम लाग्दैन किनकी मृत्यु नजिकै आइसकेको हुन्छ।

– सबै आयन (प्रोटोन र इलेक्टोनको समान संख्या भएको अणु) दिमागी कोषबाट छुट्टिएर अलग हुन्छ । जसले गर्दा एडेनोसीन ट्राइफोस्फेटको आपूर्ति कमजोर पर्न जान्छ । यो यस्तो जटिल जैविक रसायन हो, जसले पूरा शरीरमा उर्जालाई सञ्चित गरेर राख्छ र उसलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम पनि गर्छ ।

– त्यसपछि टिश्यू (तन्तु)को रिकभरी असम्भव हुन जान्छ ।

तर वैज्ञानिकहरुको टीम मानिसको सम्बन्धमा यस प्रक्रियाबारे अरु गहिराइबाट जान्न चाहन्थ्यो । यसकारण उनीहरुले केही बिरामीहरुको न्यूरोलोजिकल गतिविधिको पनि निगरानी गरे । शोधकर्ताहरुलाई डाक्टरबाट निर्देशन दिइएको थियो कि यी बिरामीहरुलाई इलेक्ट्रोड स्ट्रिप्स आदिको प्रयोग गरेर बेहोसीबाट होसमा ल्याउने कोसिस नहोस् ।

वैज्ञानिकहरुले पत्ता लगाए कि ९ मध्ये ८ बिरामीको दिमागका कोषहरु मृत्युलाई टार्न (पछि धकेल्न) कोसिस गरिरहेका थिए । वैज्ञानिकहरुले पाए कि मुटुको धड्कन रोकिँदा पनि दिमागका कोषहरु र न्यूरोन काम गरिरहेका थिए।

न्यूरोनको काम गर्ने प्रक्रिया यस्तो हुन्छ कि उनीहरु आवेशित आयनबाट आफूलाई भर्छन् र आफ्नो तथा आफ्नो वातावरणको बीचमा विद्युतीय असन्तुलन बनाउँछन् । यसबाट यी न्यूरोनले छोटो झट्का (शक) उत्पन्न गर्न सक्षम हुन्छन् । वैज्ञानिकहरुका अनुसार यस्तो विद्युतीय असन्तुलन बनाएर राख्नु एक लगातार हुने प्रयास हो । यसका लागि यी कोषहरु बगिरहेको रगतको प्रयोग गर्छन् । त्यस्तो रगतबाट ती कोषहरुले अक्सिजन र रसायनिक उर्जा प्राप्त गर्छन्।

वैज्ञानिकहरुका अनुसार जब शरीर मर्छ र दिमागमा रगतको प्रवाह बन्द हुन जान्छ, तब अक्सिजनबाट बञ्चित न्युरोनले छोडिएका संसाधनलाई जम्मा गर्ने कोसिस गर्छन् । किनकी यो प्रक्रिया बिस्तारै भन्दा पनि पुरै मस्तिष्कमा एकैपटक फैलिन्छ । यसलाई  ‘अनप्रिपेयर्ड डिप्रेसन’ भनिन्छ । यसपछिको स्थितिलाई ‘डिपोलोराइजेसन अफ डिफ्यूजन’ भनिन्छ।

इलेक्ट्रोकेमिकलको ब्यालेन्सका कारण दिमागका कोषहरु नष्ट हुन पुग्छन् । जसले गर्दा केही मात्रामा थर्मल इनर्जी रिलिज हुन्छ । त्यसपछि मानिसको मृत्यु हुन्।

तर अध्ययनको निष्कर्श छ कि मृत्यु आज जति अटल छ, भविष्यमा पनि यस्तै नरहन सक्छ ।

अध्ययनको नेतृत्वकर्ता वैज्ञानिक जेन्स द्रेयर भन्छन्, ‘एक्सपेन्सिभ डिपोलोराइजेसनका कारण कोषीय परिवर्त शुरु हुन्छ। त्यसपछि मृत्यु हुन्छ । तर यो आफैंमा मृत्युको क्षण भने हैन । किनकी डिपोलोराइजेशनलाई उर्जाको आपूर्ति बहाल गरेर पल्टाउन सकिन्छ।’

यद्यपि यसलाई प्रयोगमा ल्याउन अझै धेरै शोधको आवश्यकता रहेको द्रेयर बताउँछन्। द्रेयर भन्छन्, ‘मृत्युजस्तै यो दिमागी आयाम एक जटिल घटना हो । यससँग जोडिएका गम्भीर प्रश्नहरुको सहज जवाफ छैन।’

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला