प्रदेश उपसभामुखको अभिव्यक्तिको विरोधमा नुवाकोटमा नेबिसघको प्रदर्शन
नुवाकोट । प्रदेश नम्वर ३ की उपसभामुख राधिका तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर खान पाउनुपर्ने अभिव्यक्ति दिएको विरोधमा उनको गृह जिल्ला नुवाकोटमा प्रदर्शन भएको छ । तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यवाट प्रेरित रहेको भन्दै शनिवार युवा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा मसाल जुलुस सहित प्रदर्शन गरेका छन् । नेपाली काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ र तरुण दल सहितका भातृसंस्थाहरुले शनिवार साँझ ढुँगेवजार देखि सुरु गरेको मसाल जुलुस विदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
