‘दलगत स्वार्थका ट्रेड यूनियन खारेज गर्नुपर्छ’

ZEN Travels

बाँके

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही हुने बताइरहेको बेला नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पनि त्यसमा साथ दिनुभएको छ ।

‘खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्नुपर्छ’ डा भट्टराईले मंगलबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो, दलगत स्वार्थका ट्रेड यूनियन खारेज नगरेसम्म कर्मचारी प्रशासनमा सुधार हुन्न । सरकारले ऐन संशोधन गरेरै भए पनि ट्रेड युनियन खारेज गर्ने आँट गर्नुपर्छ ।’

नेता भट्टराईले दलमा सत्तामुखी भावना रहेसम्म राजनीतिक स्थायित्व नहुने दाबी गर्नुभयो । ‘पुरातनवादी शोचका नेपाली कांग्रेस र एमालेले मुलुक समृद्ध पार्न सक्दैनन’ उहाँले भन्नुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला