माछा मार्ने जालमा शिशुको शव …

ZEN Travels

बाजुरा ।

बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा नवजात शिशुको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा बेवारिसे अवस्थामा उक्त शिशुको शव फेला परेको हो । शव भेटिएको खबरपछि शिशु फाल्ने महिलाको खोजी गरी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार शव परीक्षण गरी दाहसंस्कार गरिएको छ ।

नवजात शिशु बेवारिसे अवस्थामा किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीको भनाइ छ ।

शिशु फाल्ने महिलालाई थप अनुसन्धानका लागि जिल्ला अदालत बाजुराबाट म्याद थप गरी थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । (रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला