गौलीलाई साथीसग मनका कुरा समुहद्वारा आर्थिक सहयोग

ZEN Travels

बिगत लामो सहयोग मृगौला पिडीत नेपाल लमजुङ कुन्सा घर भई हाल बार्सिलोनामा बस्दै आएका राम मनी गौलीलाई साथीसग मनका कुरा समुहले आर्थिक सहयोग गरेको छ । मिर्गौला प्रत्यारोपण पछी पनि अस्वस्थ्य रहेका राम मनि गौली बार्सिलोना स्थित सोसियल घर छाड्नु परेकोले झनै समस्यामा परेका थिए । दुई महिना पश्चात सोसियल घर प्राप्त हुने भएकोले गौली लाई दुई महिनाको लागी खाने बस्ने ब्यबस्थाका लागी सहयोग गर्न उक्त ग्रूप जुटेको हो । समुहले केही दिन अगाडी आन्तरिक साथीहरु बिच मात्रै अपिल गर्दै सहयोग संकलन गरेको थियो । संकलित ५३० यूरो रकम गौलीलाई साथीहरु बिच दाबा रिसी श्रेष्ठले आजै हस्तान्तरण गरेका छन् ।
अफ्ट्यारोमा परेको जानकारी पाएका लोकबन्धु बस्नेतले सहयोग संकलनको पहल गरेका थिए । सहयोग रकम केही घण्टामै संकलन भएको थियो ।उक्त रकम सोसियल हाउस प्राप्त नहुन्जेल गास बासको ब्यबस्था गरिने बस्नेतले जानकारी दिएका छन् ।
सहयोगीहरुको नामावली :
१.मुक्त गुरुङ २० युरो
२.केदार ढुंगाना २० युरो
३.गोपाल रेग्मी २०युरो
४.सोनु राउत २० युरो
५.सन्तोष श्रेष्ठ २० युरो
६.दाबा रिसी श्रेष्ठ २०
७.पेशल कोईराला २०
८.बिष्णु रिजाल २०
९.लोक बन्धु बस्नेत २०
१०.आनन्द बग्दास २०
११.राज खनाल २०
१२.बिराज शर्मा २०
१३.शालिकराम डुम्रे २०
१४.दिल नेपाली २०
१५.एकराज गिरी २१
१६.रोशन पाठक २०
१७.मेघनाथ ढकाल १५
१८.गंगा भुषाल १५
१९.लेकाली घिमिरे २१
२०.गोतम गुरुङ २०
२१.दिपक खरेल २०
२२.सुनिल रानाभाट २०
२३.भुवन कटुवाल २०
२४.एलेक्स कुल क्षेत्री २०
२५.गान्धी रेष्टुरेन्ट २२
२६.जिबन प्रसाई २०
२७.उत्तर राई २०
जम्मा ५३० यूरो

आकश्मिक केही असहज परिस्थितीमा सहयोग गर्ने सबैलाई गौलीले स्पेनबाशी नेपालीहरु सहयोगी रहेको भन्दै सबैलाई धन्यबाद दियका छन् ।
छोटो समयको अन्तरालमै जलजला सहयोग अभियानमा जुटेको साथी संग मनका कुरा समुह , कृ चलचित्र प्रदर्शन गरी नेपालमा अनाथ बालबालिका सहयोग पश्चात गौली सहयोग अभियानमा जुटेको थियो ।
कार्यक्रमको समापनको क्रममा सबैलाई धन्यबाद दिदै अन्य यस्तै सामाजिक कार्यहरुमा सक्रिय रहने कुनै राजनैतिक , क्षेत्रिय वा अन्य कुनै कुरा नभई बिशुद्ध नेपालीहरुको सहयोग र सस्कारमा अघि बढिरहने संयोजक सोनु राउतले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला