प्रदेश ४ लाई उधोग,पर्यटन,वन तथा वातावरणमा नमुना वनाउँछु–लम्साल

ZEN Travels

पर्वत ।
प्रदेश नं. ४ का उधोग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्साललाई आईतवार पर्वतमा स्वागत सम्मान गरिएको छ ।
लम्साललाई जिल्ला समन्वय समिती सभापति मनोहर वि.पौडेल,प्रमुख जिल्ला अधिकारी राजेश पन्थी,पर्वत उधोग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा बिभिन्न पार्टीका शिर्ष व्यक्तित्वहरु,व्यवसायी,स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए ।
स्थानियवासीले गाउँमा भएका विकास निर्माण तथा समस्या समाधान चाडैं गर्न आग्रह गरेका छन ।जिल्लामा उधोग,पर्यटन र वन क्षेत्रको सम्भावनाका वारेमा कार्यालय प्रमुखहरुले जानकारी गराएका थिए ।
स्वागत सम्मानमा बोल्दै लम्सालले आफुले महत्वपुर्ण मन्त्रालय सम्हालेको बताउदै उधोग,पर्यटन मार्फत् समृद्धिको ढोका खुल्ने बताए ।
उनले उधोग र पर्यटन क्षेत्रको विकास नभएमा मुलुक समृद्ध हुन नसक्ने दावी गरे ।यस क्षेत्रवाट प्रदेश ४ लाई समृद्ध प्रदेश बनाउने उद्धघोष गरेका छन ।
प्राकृतिक, धार्मिक ,साँस्कृतिक तथा पर्यटनको हिसावले प्रदेश ४ अव्वल रहेकाले आन्तरीक तथा वाह्यि पर्यटकलाई आफुले यहाँ भित्राउने वतावराण् वनाउने वताए । उनले यहाँ उधोग कलकारखानाहरुको स्थापना गरी युवाहरुलाई रोजगारको व्यवस्था गर्न नयाँ कार्ययोजना बनाउने बताए । बन तथा वातावरण संक्षण गर्दै प्रदेश ४ लाई हराभरा र स्वच्छ प्रदेश बनाउने समेत बताए ।
स्थानीयवासीको सम्मान संगै मन्त्री लम्साल जन्म घर फलेवास नगरपालिका खानिगाँउमा पुगी माता संग आशिर्वाद लिएका थिए । उनी पर्वत जिल्लावाट मन्त्री बन्ने पहिलो ब्यक्ति हुन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला