महाधिवेशन तयारीमा राजपा

ZEN Travels

काठमाडौ।

राजपाको अध्यक्षमण्डलको बुधबार बसेको बैठकले महाधिवेशनका लागि आवश्यक कागजात ६ बैशाखभित्र तयार गरिसक्ने निर्णय गरेको छ ।

८ बैशाखमा बस्ने राजनीतिक समितिको बैठकअघि पार्टीको विधान, नियमावली, निर्देशिका तयार पारिसक्ने निर्णय भएको हो । आगामी २० कात्तिकभित्र महाधिवेशन गरिसक्नुपर्ने कानूनी बाध्यताका कारण राजपा तयारीमा जुट्न लागेको हो ।

गत २० बैशाखमा राजपाले पार्टी एकीकरणको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराएको थियो । आयोगलाई जानकारी गराएको एक वर्षभित्र महाधिवेशन गरि सक्नपर्ने हुन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला