कुश्ममा संत्सग आश्रम बनाउन शुरु

ZEN Travels

रामकृष्ण लामीछाने पर्वत
गायत्री आमा समुह कुश्मा संत्सगं आश्रम भवन बनाउन जुटेको छ । कुश्मानगरपालिका वडा नम्वर ६, ७ र ८ का एकल आमाहरुले उक्त अभियान थालेका हुन । सनातन बैद्धिक धर्मको रक्षा गर्न बिभिन्न समयमा भेला गर्ने, पूजापाठ गर्ने, कोष स्थापना गरि दीनहिन र गरिबलाई दान गर्ने लक्ष्य रहेको समूहकी अध्यक्ष खत्रीले जानकारी दिईन । ‘ भवन बनाउने काम शुरु भैसक्यो । अव थप सहयोग जुटाउन हामीले कार्यबिभाजन गरेका छौँ खत्रीले भनिन् दुई बर्ष भित्र काम पुरा गर्नेछौँ ।’ भवन बनाउने कार्य पुरा गर्न महायज्ञ लगाउने योजना रहेको आमा समूहकी उपाध्यक्ष विष्णुदेवी गौँडेलले बताईन् ।
कुश्मानगरपालिकाका मेयर रामचन्द्र जोशीले भवन वनाउन १ लाख बिनियोजन गरेको वताए ।
करिव १० लाख रुपैयाँ भएमा भवन सहित अन्य संरचना थप गर्न पुग्ने गौँडेलको भनाई छ । ‘परोपकार महासंघका अध्यक्ष कमलनयन गौतमले महायज्ञ गरेर थप सहयोग जुटाईदिने आश्वसन दिनुभएको छ ,’ गौँडेलले भनिन्,‘ महायज्ञ लगाएर आउने सहयोगले धेरै काम सम्पन्न हुनेछ ।’ भवन शिलशिलामा अहिले सहयोग संकलनको काम पनि भैरहेको छ भने जग्गा सम्माउन शुरु गरिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला