कुश्मा नगरपालीका उपप्रमुख सहित छोरी दुघर्टनामा घाईत,उपचार हुदैं

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालीकाका उपप्रमुख सिता काफ्ले लामिछानेको सवारी दुर्घटनामा परि घाईत हुनुभएको छ ।उहाँको जि.एम.सी अस्पतालमा उपचार हुदै छ । काठमाडौबाट पोखरा आउदै गरेको बोलेरो जिप र पोखराबाट दुलेगौडा जादै गरेको ट्रक दुर्घटना भएको छ । कुस्मा नगरपालिकाकी उपमयेर सिता काफ्ले लामिछाने चढेको गाडीलाई ट्रकले ठक्कर दिएको हो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडा स्थित पृथ्वीराजमार्गमा ना २ ख ९७८९ नम्बरको ट्रक र बिपरित दिशा तर्फबाट आँउदै गरेको ना ४ च ५०५४ नम्बरको बोलेरो जिप ठोकिएका हुन् । ठक्कर पछि जिप पल्टीएको थियो ।
जिपमा सवार उपमेयर सहित उनी छोरी, चालक विनोद क्षेत्री, शिब क्षेत्री घाइते भएका छन् । उनीको दुई जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जिप, ट्रक र ट्रक चालक लाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
उहाँलाई भेटन जानेहरुको अस्पतालमा िभिड रहेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला