३९ खेलमा अपराजित रहदै बार्सिलोनाको नयाँ कीर्तिमान

ZEN Travels

एजेन्सी

स्पेनिस फुटबल क्लव बार्सिलोनाले घरेलु लिग फुटबलमा नयाँ कीर्तिमान कायम गरेको छ । गएराति भएको खेलमा भ्यालेन्सियालाई २-१ ले हराउँदै बार्सिलोनाले घरेलु लिगमा सार्वाधिक ३९ खेलसम्म अपराजित हुने कीर्तिमान रचेको हो ।

यसअघि यो कीर्तिमान रियाल सोसिडाडाको नाममा ३८ खेलको थियो । जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि दौड बलियो पारेको छ । लिगमा ३२ खेलबाट बार्सिलोनाको ८२ अंक भएको छ भने एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ६८ अंकसहित दोस्रो स्थानमा छ । रियाल मड्रिडले आज राति मालागासँग उसैको मैदानमा खेल्दैछ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला