अामा : कविता

ZEN Travels

फेशबुक यसो खोलेको,आमाहरुको तस्वीर
भाग्य खोटो आफ्नो त, पिरमा छ तक्दिर
को हुन् आमा, कस्तो हुन्छ माया,थाहा छैन
न त उनको तस्वीर, न छ शरिर, तर पनि चाहा छैन

भन्छन् उनी त भगवानको प्यारी रे, स्वर्गमा छिन्
आमा भनेकै मेरो निम्ति त, ती हजुरआमा थिइन्
उनी पनि लागिन् त्यही बाटो तिर, फेरी भैयो अनाथ
लिला अपरम्पार छ हे दैव, बुझेर बुझी नसक्नु यो जगन्नाथ

अभावले मन रुन्छ,जब पाउदिन लुट्पुटिन आमाको काख
पिडाहरु बाँधेर राखेकी छु, सुनाउन आमा सामु लाखौंलाख
आफ्नै सन्तानहरु गुरु भएका छन्,सिक्दै छु आमाको अर्थ
सयौ पटक मरिन्छ, आमा बिना त जीवन नै व्यर्थ

कस्तो मोह यो, आमाको माया प्रिती, सायद नपाएर होला
सास रहुन्जेल सम्झिरहनेछु, बगिरहने छ आँशुको खोला
हुर्केको आगन नै बिरानो लाग्छ उनी बिना, कहाँ जानु र!
आमाको स्थान कसैले ओगट्न सक्दैन, को छान्नु र!

लालाबाला बिसन्चो हुँदाको व्याकुलता, कस्ले बुझ्न सक्छ र
उनीहरुको मुस्कानमा पाएको अनुकुलता,कहाँ किन्न पाइन्छ र
निस्वार्थ,निश्चल माया त केवल आमाको मात्र, बुझे आफ्नै सन्तानबाट
जनावर हुन् या चराचुरुङ्गी,बाच्न सक्दैनन् छुट्टीएर आमाको बासस्थानबाट
जनावर हुन् या चराचुरुङ्गी,बाच्न सक्दैनन् छुट्टीएर आमाको बासस्थानबाट!!

-रुचि

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला