द्येबिस्थान माविमा दुई आ.व.को सामाजिक लेखा परिक्षण सम्पन्न, बिधालयको ५५ लाख बचत

ZEN Travels

छविलाल पाण्डे बाग्लुङ ।

द्येबिस्थान माध्यमिक बिधालय निसिखोला गांउपालीका १ बाग्लुङको आ.ब. २०७३ र ७४ बैसाख ११ सम्मको सामाजिक लेखा परिक्षण मंगलबार सम्पन्न भएको छ । शिक्षक अभिभाबक संघका अध्यक्ष तथा सामाजिक लेखा परिक्षण समिती सम्योजक मुतm बहादुर सिंहको अध्यक्षतामा बसेको समिती भेलाले करिब दुई आर्थिक बर्षको समाजिक लेखा परिक्षण पारित गरीएको हो ।

जसअन्र्तगत आ.ब .२०७३ मा बिधालयको कुल आम्दानी ८९ लाख ६५ हजार , ९ सय ३५ रुपैया ३४ पैसा रहेको र जसमध्ये ६९ लाख ६३ हजार , ७ सय ९७ रुपैया ११ पैसा खर्च भई बिधालय कोषमा २० लाख २१ ह्जार ८ सय ८९ रुपैया ६४ पैसा बचत भएको थियो । त्यस्तै आर्थिक बर्ष २०७४ अन्र्तगत गत साउन महिनादेखि बैसाख ११ सम्मको कुल १ करोड, १७ लाख , १५ हजार, ७ सय ९७ रुपैया ११ पैसा आम्दानी भएको छ । जसमा हालसम्म ६२ लाख, ८३ हजार, ६ सय , ८४ रुपैया ४९ पैसा खर्च भएको भई हालसम्म  बिधालयको खातामा ५४ लाख, ३२ हजार, १ सय , १२ रुपैया ६२ पैसा बचतमा रहेको

बिधालयक प्रध्यानाध्यापक किरण पौडेलले जानकारी दिनुभयो । उतm बिधालयको शैक्षिक तथा भौतिक ब्बयस्थापनलाई मध्यनजर राख्दै आगामि जेठ २५ गते बिधालयको बार्षिक उत्सब सम्म बिधालयको आम्दानी कोषमा १ करोड संकलन गर्ने लक्ष्य सहित चन्दा संकलन अभियानलाई समेत तिब्रता दिईएको र हालसम्म करिब ५५ लाख चन्दा बोल भईसकेपनी उतm बोलचन्दा मध्ये स्थाई कोष समितीको खातामा ३५ लाख ९१ ह्जार ३ सय ४ रुपैया ८ पैसा संकलन भईसकेको छ । बांकि बोलरकम उठ्ने क्रम जारी रहेको बिधालय ब्यबस्थापन समिती अध्यक्ष ईन्द्रबहादुर मल्लले बताउनु भयो । उहांका अनुसार बिधालयले थालेको अभियान सफल पार्न सबै क्षेत्रबाट सहयोग जारी रहेको र अझै स्वदेश बिदेशमा रहेका त्यसक्षेत्रका युवा, बुद्धिजिवी,समाजसेवि लगाएतलाई फोन, पत्र मार्फत समेत चन्दा बोल गरीदिन आग्रह गर्ने
कार्य जारी रहेको समिती अध्यक्ष मल्लले बताउनु भयो । बिधालयले चन्दादातालाई बार्षिक उत्सबका अबसरमा भब्य सम्मान गर्ने भएको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला