बुर्तिबाङमा खानेपानीको हाहाकार बजार बासि समस्यामा ।Merojilla.com

ZEN Travels

छविलाल पाण्डे बाग्लुङ ।

ढोरपाटन नगरपालीका वडा नं १ बुर्तिबाङबजारमा यतिबेला खानेपानी अबरुद्धहुंदा समग्र बजारबासि खानेपानीको हाहाकार खेप्न बाध्य भएका छन् । नंयाशहर आयोजनाले बजार क्षेत्रमा ढल निकासको ब्यबस्थापन गरीरहंदा खानेपानीको पाईप काटिएपछि दुईदिन देखि बजार क्षेत्रमा खानेपानीको हाहाकार भएको हो । बजार स्थित प्रभु बैंक अगाडि मेनलाईनमा आएको १ सय ४० एमएमको पाईप दोजरले ढल खन्ने क्रममा काटिएपछि उतm काटिएको पाईप पुनह जडान गर्नका निम्ती आबस्यक पाईप बुर्तिबाङ बजारमै नपाईएपछि बुटवलबाट मगाउनु पर्ने भएका कारण मंगलबार देखि बजारका सयौ बासिन्दा खानेपानीको तिब्र समस्या झेल्न बाध्य भएका हुन् । काटिएको क्षेत्रमा लाग्ने करिब १० मिटर पाईप बुटवल अर्डर गरीएको र उतm पाईप आएपछि मात्रै खानेपानी सञ्चालमा आउने बुर्तिबाङ खानेपानी समितीका अध्यक्ष पुर्णबहादुर बिकले बताउनु भयो । बजारमा खानेपानी समस्या भएसंगै बजारबासि ढोरपाटन नगरपालीकाको वडा नं १ रिभरहेड, तथा वडा नं २ को सेरा ,तारीखेत, लगाएतका स्थानमा गाग्रि बोकेर पिउने पानी लिन बाध्य भएका छन् । भने अन्य प्रयोजनका निम्ती भुजिखोलाको पानी प्रयोग गर्न बाध्य भईएको स्थानीय पृथिमान श्रीपालीले बताउनु भयो ।

उहांका अनुसार बजारमा खानेपानीको ब्यबस्थापन सहि तवरले नहुंदा बजारका बासिन्दाले विगतदेखिनै पटक पटक सास्ति खेप्नु परेको बताउदै यसबिषयमा नगरपालीकाले ध्यानाकर्षण गर्नुपर्ने बताउनु भयो ।
हाल बुर्तिबाङ बजारमा छर्छरेखानेपानी आयोजनाबाट १ लाख क्षमता र चिप्लेटी खोनपानी आयोजनाबाट ४० हजारगरी दुई आयोजनाबाट दैनिक कुल १ लाख ४० हजार लिटर खानेपानी बुर्तिबाङ बजारमा सञ्चालनमा आईरहेको हो । उतm खानेपानी आयोजनाले बजारक्षेत्रको माग धान्न सकिरहेको छैन् । बजारमा चुरेलाबास देखि उत्तरगंगा मावि सम्म तथा फांटबजारमा गरी हालसम्म ७ सय पचास
बढि घरदुरी खानेपानी आयोजनाको उपभोतmा भएका छन् । उतm घर दुरीमा धेरै जना भाडामा बस्दै गर्दा खानेपानीको समस्या प्रत्यक बर्ष तिब्र बद्दै गईरहेको छ । बजारमा दिनानु दिन घर भवन बृद्धि भईरंदा खानेपानीको दिगो ब्यबस्थापन हुन नसक्नु महत्वपुर्ण समस्या मानिएको छ । गत फाल्गुन देखि असार मसान्त सम्म उतm आयोजनाबाट दैनिक बिहान ६ देखि ९ बजेसम्म र सांझ ५ देखि ६ बजेसम्म मात्र पानी आउने गर्दछ । उतm समयमा आएको पानीले सामान्य अबस्थामा पिउन र खाना पकाउनका लागि बल्ल तल्ल पुग्ने गरेको छ । अन्य प्रयोजनका निम्ती नदिको पानी प्रयोग गर्न बजार बासि बिवस भएका हुन् ।

बुर्तिबाङ खानेपानी समितीले लामो समयदेखि एकै समितीले काम गरेपनी आर्थिक समस्याका कारण दिगो ब्यबस्थापन हुन नसकिरहेको बताउदै बजारमा हाल ५ लाख लिटर बढि खानेपानी आबस्यक रहेको र आफुहरुले ढोरपाटन नगरपालीकाको ध्यानाकर्षण गराईएका कारण आगामि आर्थिक बर्षमा बजारमा खानेपानी ब्बयस्थापनमा थप समाधान हुने बताउदै अबको केहि दिनमै बर्तमान खानेपानी
समितीले सम्हालेको जिम्मेवारी नगरपालीकालाई सुम्पने निर्णय भएको खानेपानी समितीका अध्यक्ष पुर्णबहादुर बिकले बताउनु भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला