यस्तो भयो पर्बत समाज स्पेनको बार्बिक्यु तथा बनभोज कार्यक्रम

ZEN Travels

बार्सिलोना । पर्बत समाज स्पेनले नयाँ बर्षको अवसरमा गत आईतबार एक कार्यक्रमको आयोजना गर्यो ।

नेपाली नया बर्षको अवसर पारी बार्सिलोनाको त्रिन्ता भेल्लामा पर्बत समाजले एक बार्बिक्यु कार्यक्रम आयोजना गरेको हो । पर्बत बाट स्पेनमा बसोबास गर्ने हरेक चिर परिचित पर्बतेलिहरुको बाक्लो उपस्थिति रहेको थियो । जसमा पर्बतमा नै हुर्के बढेका हाल स्पेनमा बसोबास गर्ने एन आर एन आई सी सी सदस्य सितल भुर्तेल , जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र शर्मा अधिकारी, जनप्रगतिशिल मंच युरोपका महासचिब गंगा भुषाल , गैर आवासीय नेपाली संघ स्विटजरल्याण्डका उपाध्यक्ष बिजय शर्मा दर्पणको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा समाजका सदस्यहरु लगायत पर्बत बाशी नेपालीहरुको उपस्थिति रहेको थियो ।

पर्बत समाज स्पेनका अध्यक्ष श्री ओमर गुरुङको सभापतित्वमा आयोजित बार्बिक्यु तथा पिकनिक कार्यक्रममा ५० भन्दा बढी उपस्थित पर्बतबाशी नेपालीहरुले परिचयात्मक तथा नयाँ बर्षको शुभकामना मन्तब्य राखेका थिए । अध्यक्ष गुरुङले पर्बतका नेपालीहरुलाई संगठित गर्दै साना ठुला समस्याको दिर्घकालिन समाधानका निमित्त बृहत कार्यक्रम र योजना ल्याउनुपर्नेमा आफु लागि परेको जानकारी दिनु भयो ।

पर्बत समाज स्पेनका उपाध्यक्ष तथा कार्यक्रम संचालक सन्तोष पौडेलले यहा रहेका सम्पूर्ण पर्बतेलिहरुको साझा संस्था भएकाले सबैको सहयोग, सद्भाव र समर्थनको जरुरत पर्ने भन्दै समस्या समाधानका लागि समाजले निरन्तर सक्दो प्रयास गर्ने बताउनुभयो ।

 

 

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला