बालुवा निकासीमा नक्कली रसिदको प्रयोग ।Merojilla.com

ZEN Travels

शंखर पहाडी,गौरब

सिन्धुली  ।

सिन्धुलीको सुनकोसी गाउँपालीका र गोलन्जोर गाउँ पालीकोको सिमानामा पर्ने सुनकोसी नदीको बालुवा निकासीमा नक्कली रसिदको प्रयोग भएको छ ।

केही समय पहिला सुनकोसी गाउँ पालीकाले सुनकोसी नदीको कानढुंगीकोे बालुवा निकासीका लागि स्थानिय ठेकेदार महेश कोईराला र भोला मैनालीलाई संयुक्त रुपमा ठेक्कामा दिएको थियो । गोलन्जोर गाउँ पालीका र सुनकोसी गाउँ पालीकाको सिमानामा पर्ने कानढुंगीको बालुवा निकासीमा फिकल गाउँ पालीकाको कार्यालयको छाप लागेको रसिद नम्बर १२२३ रहेको बिक्रि ÷निकासी रसिद प्रयोग भएको पाईएको हो । रसिदमा प्रति टिप १५ सयका दरले बालुवा गाउँ पालीका भन्दा बाहीर निकासी गरिएको पाईएको छ ।

तर फिकल गाउँ पालीकाका प्रशासकिय अधिकृत नईन्द्र राईका अनुसार आफ्नो गाउँ पालीकाको रसिद अरु कुनै पनि गाउँ पालीकाले प्रयोग गर्न नमिल्ने र आफुहरुले नदिएको र दिन नसकिने अर्थ सन्सार सिन्धुलीलाई बताउनु भयो । आफ्नो कार्यालयको छाप र रसिद कसरी र कसले बाहीर लग्यो त्यो आफुले पनि अनुसन्धान गर्नू पर्ने राईले बताउनु भयो । आफ्नो कार्यालयको छाप सहितको रसिद प्रयोग गर्ने जो कसैलाई पनि कानुनी कार्बाही गर्नु पर्ने राईले अर्थ सन्सार सिन्धुलीलाई बताउनु भयो । देश संक्रमणकालीन अवस्थामा रहेका कारण आफुलाई फसाउन कोही कसैले त्यस्तो गैर कानुनी कार्य गरेको पनि हुन सक्ने राईको भनाई छ ।

त्यस्तैे त्यो क्षेत्र ठेक्कामा लगाएकोले ठेकेदारहरुले के गरे त्यो आफुलाई थाहा नभएको सुनकोसी गाउँ पालीकाका प्रशासकिय अधिकृत विकास सुन्दासले बताउनु भयो । आफुहरुलाई त्यस विषयमा कुनै जानकारी नभएको अधिकृत सुन्दासको भनाई छ । तर आफ्नो गाउँ पालीकाको आम्दानी अरु गाउँ पालीकाको रसिदमा काट्न नमिल्ने सुन्दासले बताउनु भयो ।

के सुनकोसी गाउँ पालीकाको आन्तरीक आम्दानी अर्काे गाउँ पालीकाको रसिदमा काट्न मिल्छ भन्ने अर्थ सन्सार सिन्धुलीको प्रस्नमा वास्वतिकता के रहेछ त्यो आफुले ठेकेदारहरुसंग बुझेर बताउने अधिकृत सुन्दासले बताउनु भयो । सुनकोसी र गोलन्जोर गाउँ पालीकाको सिमानामा पर्ने सुनकोसी नदीको कानढुंगीको गिटी कालुवा निकासीमा फिकल गाउँ पालीकाको कार्यालयको छाप लागेको रसिद नम्बर १२२३ रहेको बिक्रि निकासी रसिद प्रयोग भएको पाईएको हो । रसिदमा प्रति टिप १५ सयका दरले बालुवा गाउँ पालीका भन्दा बाहीर निकासी गरिएको पाईएको छ । सोमबार बिहान बा ४ ख ७९५३ नम्बरको ट्रिफरलाई रसिद काटी लोड गरेर पठाउने क्रममा यस्तो फेला परेको हो ।

भने गोलन्जोर गाउँ पालीकाका अध्यक्ष पुष्प बहादुर कार्कीले आफुले ट्रिफर लोड हुदै गर्दा भेटेको र यस्तो गैर कानुनी कार्य गर्नु हुदैन भनेको अर्थ सन्सार सिन्धुलीलाई बताउनु भयो । गैर कानुनी कार्य भएकोले उक्त सवारी साधन प्रहरीलाई नियन्त्रणमा लिन आफुले आग्रह गर्दा प्रहरीले नियन्त्रणमा लिन अस्विकार गरेको अध्यक्ष कार्कीले बताउनु भयो ।

उक्त गैर कानुनी कार्यमा गोलन्जोर गाउँ पालीकाको वडा नम्बर ७ का वडा अध्यक्ष रुम बहादुर देवकोटा र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समेत संगलग्नता रहेको हुन सक्ने अधक्ष्य कार्कीले अर्थ सन्सार सिन्धुलीलाई बताउनु भयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला