एमालेलाई कम्पनीको संज्ञा ,निर्वाचित सरकारबाटै लोकतन्त्र खतरामाः गगन थापा

ZEN Travels

मुक्तिप्रसाद न्यौपाने
पाल्पा ।
लोकतन्त्रमाथी खतरा निर्वाचनबाट निर्वाचित भएर आएको सरकारबाटै सुरु भएको नेपाली कांग्रेसका युवा नेता गगन थापाले बताएका छन् । उनले यो वा त्यो नाममा लोकतन्त्रलाई साँधुरो बनाएर लोकतन्त्र खतरामा पार्ने काम भैरहेको भन्दै कांग्रेस चनाखो रहेको बताएका हुन् ।
‘‘हामी निर्वाचनको मतलाई मान्छौं । आवश्यकता परेको बेला प्रतिरोध गर्छौं । निर्वाचित व्यक्तिबाट कहिँ न कहिँ लालसा छ भने, कहाँ न कँही भोक छ भने त्यो भोकले बिस्तारै बिस्तारै लोक रिज्याईंको माध्यमबाट अधिनायकवादी चिन्तनतर्फ डो¥याएर लान्छ । त्यसैले हामीलाई गम्भिर आशंका छ । जुन खालको परिवेश निर्माण गर्न खोजिएको छ । लोकतन्त्रलाई साँधुरो बनाईंदै छ,’’–थापाले भने । कम्पनी खाले जस्तो गरेर एमाले पार्टीले सरकारको स्रोत र साधनको चरम दुरुपयोग गर्ने । अरुलाई आरोप लगाउने । दुई पार्टीको एकता अरुको टाउको दुःखाईको विषय नभएको भन्दै पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न समेत थापाले चेतावनी दिएका छन् ।
बुधबार तानसेनमा पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिँदै नेता थापाले आपसमा पदको भागबण्डा मिलाउन नसक्ने अनि अदृश्य शक्तिले एकता भाँड्न खोजेको भनेर प्रचार गर्नु भ्रमको खेती गरेको बताएका हुन् । ‘एमाले सरकारमा हुने र नहुने कुरासँग यसका लाखौं शेयरहोल्डरको नीजि जिन्दगी प्रभावित हुन्छ । हामी बोलीचालिमा भन्छौं, एनजीओ, स्कुल, माईक्रोफाईनान्स, स्कुल, सहकारी एमालेले चलाउँछ । यो आँफै चलेको होईन, यो एउटा फेनोमेनममा छ । राज्यको स्रोत ढुकुटीको दुरुपयोग गर्ने कुरामा उहाँहरु पोख्त हुनुहुन्छ,’–उनले भने, ‘त्यसकारण कांग्रेसका चुनाव लडेका नेताहरुमा जिम्मेवारी थपिएको छ, सूचना संकलन गर्नु र जनतामा ल्याउनु । हामी त्यसका लागि सचेत छौं ।’
एमाले र माओवादीबीचको एकता प्रक्रिया उहाँहरुको आन्तरिक विषय हो, यसमा हामीलाई कत्ति पनि चासो छैन, उहाँहरु मिल्नोस् भन्ने शुभकामना छ । आफूहरु पदको भागबण्डामा नमिल्ने अनि बाहिर अदृश्य शक्ति र के–के ले गर्दा एकता भाँड्न खोजिँदैछ भनेर अरुलाई दोष लगाउने, यस्ता कुरा गर्दा लज्जाबोध हुनुपर्ने हो । युवा नेता थापाले कांग्रेसका चुनाव लडेका नेताहरुलाई गाउँमै रहेर जनताको काम गर्नुपर्नु बताए । कांग्रेस प्रदेश ५ का सांसद तथा जिल्ला सभापति वीरबहादुर रानाले कांग्रेस पनि संघीय संरचनामा जानु आवश्यक रहेको बताएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला