जोत्न लैजाने क्रममा गोरुले हानेर विष्टको मृत्यु

ZEN Travels

जाजरकोट ।

गोरुले हान्दा आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको मृत्यु भएको छ ।

आज बिहान आफ्नै गोरुले हान्दा उनको मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिए ।

मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा उनलाई गोरुले हानेको बटालाले बताए । (रासस)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला