गरिमामा आउनुहोस् हाम्रो सेवा कस्तो छ थाहा हुन्छ: ढकाल (भिडियो)

ZEN Travels

पर्वत ।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले गरिमा बिकास बैंकको लघुवित्त कर्जाले परिवारको जीवन तहसनहस हुन नदिने बताएका छन् । उनले परिवारलाई जानकारी नदिई केही सिमित ब्यक्तिको पहुँचका आधारमा कर्जा लगानीले परिवार र समाजमा विचलन आएको बताउँदै परिवारलाई जानकारी गराएर लघुवित्त कर्जा परिचालन गर्ने गरिएको बताए .

 

लघुवित्तका बारेमा समान्य जानकारी समेत नभएकाहरु समुहमा आवद्ध भएर कर्जा लिदाँ पारिवारिक तथा सामाजिक विकृती मैलाएको अवस्थामा बैंकले विना धितो कर्जा प्रवाह गर्दा परिवारका सदस्यलाई ब्याजदर, सेवासुविधा, किस्ता लगाएत लघुवित्त कर्जाका बारेमा सम्पूर्ण जानकारी गराउने गरिएको बताए । ‘हामीले देशभरका शाखाबाट गरेको कर्जा सुरक्षित छ,‘लहलहैमा लागेर लघुवित्तको सदस्य बन्नेलाई रोक्न सफल भएका छौ’ प्रमुख कार्यकारी अधिकृत ढकालले भने ।

उनले लघवित्त कर्जाको प्रयोग गरेका हरेका सेवाग्राहीलाई वित्तिय साक्षरता कार्यक्रमको पहुँच पु¥याउँदै ब्याजदर घटाउँदै सहित अन्य सेवासुविधा बढाउने प्रतिबद्धता बताए । म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा आयोजित केन्द्र प्रमुखहरुको एक दिवसीय गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको अवसरमा बोल्दै ढकालले कर्जाको सदुपयोग गर्न आर्थिक हैसियत समान भएका महिला आवद्ध भएमा लघुवित्त कर्जा गरिबी निवारणमा प्रभावकारी औजार सावित भएको बताएका थिए ।

‘महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन लघुवित्त कर्जाको भूमिका महत्वपूर्ण छ,‘सामुहिक ग्यारेन्टीमा पाइने कर्जा सिमित ब्यक्तिले दुरुपयोग गर्दा घरपरिवार नै तहसनहस भएको छ’ ढकालले भने । उनले धितो राख्नु नपर्ने, निश्चित ब्यक्तिको समुह बनाएर कर्जा प्रवाह गरिने भएकाले पनि घर परिवारका अन्य सदस्यलाई जानकारी नगराउने प्रबृत्तिले समेत कर्जाको जोखिम बढेको बताए ।

ऋण लिएर दैनिक बैकका कर्मचारीलाई नगद दिदाँ दुरुपयोग भएका गुनासाहरु देशका विभिन्न जिल्लामा देखिएको बताउँदै मोवाइल बैंकिङ्गको प्रयोग गर्न समेत अनुरोध गरे । जिल्लामा महिलाले आत्महत्या गर्नुको प्रमुख कारण आर्थिक हिनामिना र अनावश्यक ऋणको बोझ नै प्रमुख कारणका रुपमा देखिएको बताउँदै एक महिलाले ५ देखी १० वटा लघुवित्त संस्थाबाट कृतिम समुह बनाएर ऋण लिएर हिनामिना गर्ने गरेको बताउँदै सेवाग्राही नै सचेत हुनुपर्नेमा जोड दिइएको थियो ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार आर्थिक अवस्था न्यून भएकालाई प्राथमिकतामा दिएर १८ प्रतिशत ब्याजदरमा लघवित्त कर्जा प्रवाह गरेको लद्युवित्त कर्जा विभाका प्रमुख नविन प्याकुरेलले बताए। उनले समुहमा आवद्ध महिलालाई कर्जा प्रवाह गर्दा परिवारका सदस्यको अनिवार्य उपस्थिती, सेवासुविधा र भुक्तानीका प्र्रक्रियाका बारेमा जानकारी गराउने गरेको बताउँदै उत्कृष्ट लघुवित्त कर्जा प्रवाह गर्ने वित्तिय संस्थाको रुपमा पहिचान बनाउने दावी समेत गरे । गरिमाले देशभर लघुवित्त कर्जामा करिव ८० करोड लगानी गरेको छ ।

म्याग्दीमा मात्रै ४ वटा शाखा रहेको गरिमाको लघुवित्तमा करिव ६ करोड लगानी रहेको छ । सडकको पहुँच नपुगको बस्तीमा समेत कृषि र पशुपालनमा आवद्ध रहेकालाई धितोमा १० लाखसम्म कर्जा प्रवाह गर्ने गरिएको छ ।

एकदिवसीय गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको प्रमुख अतिथि बैंकका सञ्चालक समिति सदस्य डा. भुपेन्द्र बहादुर खड्का, बरिष्ठ प्रवधक अनुमान श्रेष्ठले जिल्लामा सबै ब्यापारिक केन्द्रमा शाखा विस्तार गरी जनतालाई वित्तिय पहुँच पु¥याउन सफल बैंकले कृषिमा ८ प्रतिशतमा कर्जा प्रवाह गरेको बताएका थिए ।सेवाग्राहीले समेत गरिमाको लघुवित्त कर्जा अन्यको तुलनामा सरल तथा सहज भएको बताउँदै आर्थिक हिनामिना र दुरुपयोग रोक्न गोष्ठीमा प्रस्तुत गरिएका साम्रागी सहितको कार्ययोजनालाई समेत प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा जिल्लाभरका करिव १ सय लघुवित्त कर्जा लिएका सेवाग्राहीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लघुवित्त विभागका कर्मचारी कृष्ण रेग्मी, स्वागत बेनी शाखाका प्रबन्धक कमल प्रसाद ढुंगाना,अध्यक्षता लघुवित्त कर्जा केन्द्र १८ की प्रतिनिधि बबिकुमारी मल्लले गरेकी थिईन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला