नेपाल लाईफ इन्स्योरेन्स कम्पनि को १८ औं वार्षिकोत्सव कुश्ममा आज

ZEN Travels

महेन्द्र के.सी,

पर्वत,कुश्मा ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडको १८ औं वार्षिकोत्सव पर्वतमा भव्य रुपले मनाइएको छ । नेपाल लाइफ इन्स्योरेन्सको कुश्मा उपशाखाले शुक्रवार एक समारोहका विच वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जीवन विमा गर्नाले व्यक्तिको जोखिम बहन हुनुको साथै विमा आफैमा वचत भएको हुँदा महत्वपूर्ण रहेको बताउनु भयो । अध्यक्ष शर्माले विमा गर्नु आवश्यक रहेको बताउदै भन्नुभयो–‘भोलि के हुन्छ भन्ने निश्चित छैन । जीवन विमा गर्नाले जीवनमा पर्ने जोखिमलाई कम गरी सुरक्षित बनाउन सकिने हुँदा आफ्नो बचत अनुसारको विमा गर्नु उचित हुन्छ ।’


कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्नु भएका सफल व्यवसायी जनकराज रेग्मीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले दिने उच्चदरको बोनसबाट आफू प्रभावित भै विमा गरेको बताउनुभयो । व्यवसायी रेग्मीले भन्नुभयो–‘नेपालीहरुकै लगानीमा स्थापित र सवैभन्दा बढी बोनसदर भएको विमा कम्पनिले दिएको सुविधामा म खुशी छु । व्यवसायीका लागि विमा गर्नु थप फाइदा भएको हुँदा नै यही कम्पनिमा मैले १ करोडको विमा गरेको हुँ । सवै व्यवसायी साथीहरुलाई विमा गरी अमूल्य जीवन सुरक्षित गर्न आग्रह गर्दछु ।’

नेपाल लाईफ इन्स्योरेन्स कम्पनि उपशाखा प्रवन्धक प्रनिश गिरीले कम्पनिको गतिविधिबारे जानकारी गराउदै भन्नुभयो–‘कम्पनि ऐन, २०५३ अन्तर्गत स्थापित विमा ऐन २०४९ अन्तर्गत बीमा समितिबाट जीवन वीमा व्यवसाय गर्न स्वीकृति लिएको हो । यसले नेपालका अन्य विमा कम्पनिले दिने बोनसदर मध्ये बढी ६५ देखि ८२ प्रतिशतसम्म दिने गरेको छ । सवैभन्दा धेरै शाखाबाट सेवा दिदै आएको कम्पनिको विमित संख्या मात्र करीव २० लाख रहेको छ ।

कम्पनिको ४३ अर्व सर्वाधिक जीवन बीमा कोष रहेको छ भने ५१ अर्व सर्वाधिक लगानी रहेको छ । पर्वतको सन्दर्भमा पनि यस कम्पनिले छोटो समयमै सर्वसाधारणको मन र विश्वास जित्दै ठुलै संख्या बीमा गराउनु सफल भएको छ ।’


वार्षिक समारोहमा नारायण उमावि कुश्माका पुर्व प्राचार्य पृथ्वीनारायण शर्मा, शिवालय उच्च माविका पुर्व प्राचार्य डा.चुडामणि शर्मा, सामुदायिक प्रहरी सेवा समाज कुश्मा अध्यक्ष मानकुमारी गिरी, उवासंघ पर्वतका पुर्व अध्यक्ष हरिओमशर्मा लामिछाने, कालीगण्डकी एकेडेमीका संस्थापक एवं प्रिन्सिपल वसन्तकुमार कर्माचार्य, युवा साहित्यकारहरु भूमिराज शर्मा, शंकर गिरी, खेमराज शर्मा, विक्रम ढुंगाना, व्यवसायी डासीराम अधिकारी, दिपेन्द्र गिरी, विमा अभिकर्ता देवेन्द्रराज पाण्डे, देवी गुरुङ, सोनिया विक, देवी लामिछाने लगायतको सहभागीता रहेको थियो ।


आफ्नै कार्यलयको हलमा सम्पन्न वार्षिकोत्सव समारोहमा जिल्लाका उद्योगीव्यवसायी, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शैक्षिक क्षेत्रका व्यक्तित्वहरु, इन्स्योरेन्स कम्पनिका अभिकर्ता लगायतका व्यक्तित्वहरुको सहभागीता थियो । प्रमुख अतिथि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले कम्पनिको १८ औं वार्षिकोत्सवको अवसरमा केक काट्नु भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला