यसरी सुरक्षित राख्नुहोस आफ्नो मोबाइल

ZEN Travels

एजेन्सी ।

मोबाइल हाम्रो जीवनशैलीको महत्वपुर्ण पाटो बनिसकेको छ । मानिसका हातमा एउटा होइन विभिन्न ब्रान्डका २-३ वटा मोबाइल हुन् थालेका छन् । तर, हजारौ मूल्यका पर्ने यी सामाग्रीमा सामान्य कुरामा ख्याल नगर्दा चाडै बिग्रन सक्छन । केहि त्यस्ता सामान्य कुरा जसको ख्याल गर्ने हो भने हाम्रो मोबाइल धेरै वर्ष टिक्न सक्छ । नयाँ पत्रिकामा छ ।

१.  स्क्रिन सधै सफा गर्नुपर्छ । स्क्रिन सफा गर्दा जस्तो पायो त्यस्तै कपडा र सामाग्रीले सफा गर्छौ, यसो गर्नु हुन्न । सकेसम्म नरम कपडाले स्क्रिन सफा गर्नुपर्छ ।

२. हामी जति बेला पनि वाइफाई खेलेर राख्छौ । कामका बेला मात्र वाइफाई खेल्नुपर्छ । जति बेला पनि खेल्दा भाइरस छिर्ने लगायतका समस्या उत्पन्न हुन् सक्छ ।

३. ब्याट्रीलाइ सधै फुल चार्ज गरेर मात्र चलाउनु पर्छ ।

४. युयसबि चार्जर पोर्ट सधै सफाराख्नु पर्दछ । हामी कोही पनि यस बिषयमा ख्याल गर्दैनौ । मोबाइल भित्र आत्यधिक फोहोर हुने पहिलो कारण भनेकै यहि हो ।

५. मोबाइलमा भएका एम्पोरारी (क्यास)क्लियर गर्नुपर्छ । नत्र, मेमोरी फुल हुँदै जान्छ र ह्यांग हुने तथा बिग्रने समस्या बढ्छ ।

६. स्क्रिनको सुरक्षाका लागि स्क्रिन्कार्द लगाउनुपर्छ । यसले मोबाइलको स्क्रिन्लाई फुट्नबाट बचाउछ ।

७. मोबाइलको चर्जिन भोल्टेज डिसी फाइभ भोल्टेजको प्रयोग गर्नुपर्छ । यो चर्जरमा लेखेको हुन्छ । तर, कसैले पनि यो कुरामा ख्याल गरेको पाइदैन । त्यसले गर्दा मोबाइलमा आवश्यकता भन्दा बढी चार्ज छिर्न सक्छ र मोबाइल बिग्रन सक्छ ।

८. फुलेको ब्याट्री कहिल्यै प्रयोग गर्नु हुदैन । फुलेको ब्याट्री प्रयोग गर्दा मोबाइल पड्कन सक्छ ।

९. मोबाइल कभर लगाउनु पर्दछ । यसले मोबाइल हातबाट खस्यो भने सुरक्षित हुन्छ ।

१०. मोबाइललाई तरल पदार्थबाट टाढा राख्नुपर्छ । यो इलेक्ट्रोनिकको भाइरस हो । मोबाइलमा तरल पदार्थ छिर्ने बितिक्कै मोबाइल बिग्रन्छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला