ओली सरकार सत्ता टिकाउनका लागि लम्पसार परे – साझा पार्टी बेल्जियम

ZEN Travels

स्विटजरल्याण्ड । विवेकशील साझा पार्टीले ललितपुरस्थित केन्द्रिय कार्यालयमा टाँगिएको ‘मोदीजी स्वागत छ , तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने लेखिएको तुल प्रहरीले झिकेर लगेको बिषयमा बिबेकशील साझा पार्टी सदभाब समुह बेल्जियमले एक बिज्ञप्ती प्रकाशित गरि घोर भत्सर्ना गरेको छ ।

ब्रुज शाखा सचिब सन्तोष न्यौपाने र संयोजक  नन्द पौडेल द्वारा निकालिएको बिज्ञप्तिमा भनिएको छ – केन्द्रिय कार्यालयमा टाँगिएको तुल प्रहरीले शुक्रबार झिकेर लगेको घटनाप्रति हामि घोर भर्त्सना गर्दछौ । हाम्रो पार्टी कार्यलयमा टाँगेको ब्यानर प्रहरी लगायर हटाइनु भारतप्रतिको चाकडीको भद्दा नमुनाको रुपमा वर्तमान सरकार प्रस्तुत भएको छ । भद्र तरिकाले सिर्जनात्मक विरोध गर्न पाउने संवैधानिक अधिकारको नाङ्गो हस्तक्षेप हो । यो कार्यबाट सरकारले सामान्य र शिष्ट भाषाको ब्यानर टाँग्न नदिएर सरकारले अधिनायकवादी चरित्र देखाएको छ । नाकाबन्दीका बेला जनमत आफ्नो पक्षमा ल्याउनका लागि राष्ट्रवादी अडान लिएका प्रधानमन्त्री के पी ओली अहिले सत्ता टिकाउनका लागि लम्पसार परेको प्रस्ट पारेको छ । शान्तिपूर्ण तरिकाले गरिएको कार्यमा यसरि प्रहरी हस्तक्षेप गर्नु अधिनायकवादको स्पस्ट संकेत हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला