फूकुओका नेपाल सोसाईटीको अध्यक्षमा नविन अधिकारी ।Merojilla.com

ZEN Travels

सुजन के.सी,जापान ।
फूकुओका नेपाल सोसाईटीको २३ औ अधिवेशनले नविन अधिकारीको अध्यक्षमा १८ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्ष:नबिन अधिकारी , वरिष्ठ उपाध्यक्ष:योगेश कार्की , उपाध्यक्ष:कृष्णहरी सुबेदी ,उपाध्यक्ष:माधव सिग्देल ,उपाध्यक्ष:शिव शर्मा ,महिला उपाध्यक्ष:ललिता तामाङ्ग , प्रबत्ता:सचिन आचार्य , सचिब: निरोध हुमागाँइ ,सह-सचिब:सुर्य बहादुर कुँवर ,कोषाध्यक्ष:अमृत सुबेदी , सदस्य:जग्गु खनाल , सदस्य:प्रशान्त कंडेल , सदस्य:नारायण सुबेदी , अजिव कुमार दाहाल , सदस्य:प्रकाश गुरुङ्ग ,. सदस्य:विक्रम पुर्जा ,सदस्य :प्रकाश लामिछाने चयन भएका छन ।
क्यूसूयु एनआरए जापानका अध्यक्ष लक्ष्मण बाँनियको बिषेश पहलमा नयाँ कार्यसमिति गठन भएको हो । सहमतिको संयोजकमा पूर्व–अध्यक्ष पुरुषत्तम सिग्देल र अर्जुन थापा रहेका थिए । नवनिर्बाचित अध्यक्ष नविन अधिकारीले त्यहाँ भएका सवै संघसंस्थालाई एकजुट बनाउने उद्धेश्यले सवै हात एकै साथ अभियान चलाउने बताए । उपाध्यक्ष शिव शर्माले सवै नेपालीलाई त्यहाँको बिकास सहितको सिपलाई नेपालमा लैजाने प्रतिबद्धता ब्यक्त गरका छन् ।
फूकुओका नेपाल सोसाईटीले गत २०७२ सालमा गएको भूकम्पमा नेपाली माझ पुगेर राहात बितरण गरेको थियो । त्यस्तै जापानमा रहेका नेपाली बिद्यार्थीहरुलाई बिद्यार्थी भिषावाट ओर्कीङ भिषामा पु¥याउने काम गरेको छ । सोसाईटीले त्यहाँ रहेर पनि नेपाली परम्परा र संस्कृति जर्गेना गरेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला