स्पेनमा भएको ट्रेल रेसको विश्व च्याम्पियनसिपमा सात नेपालीको मिश्रित प्रदर्शन

ZEN Travels

बार्सिलोना । स्पेनको पेन्यागोलोसामा आयोजना भएको ट्रेल रेसको विश्व च्याम्पियनसिपमा सात नेपाली धावकले भाग लिएका छन् । शनिबार स्पेनमा सम्पन्न २०१८ वर्ल्ड ट्रैल च्याम्पियनसिप अन्तर्गत ८५ किलोमीटर तर्फ नेपाली धावक धाविकाहरुले मिश्रित प्रदर्शन गरेका छन् । चार पुरुष र तिन महिला गरी कुल सात जना मध्ये तिर्थ तामाङले उत्कृष्ट नतिजा निकालेका थिए । उनले निर्धारित दुरि ९ :५२ :८८ पार गरि मेन्स ओभर अल तर्फ ३६ औ तथा एसियाहरुमा तेस्रो स्थान हासिल गरे ।

त्यसै गरि पुर्ण तामाङले १० :२६ :२५ , बेद सुनुवारले १० :३५ :९९ , समिर तामाङले १३ :२२ :०५ मा पार गरी क्रमशः ६० औ, ६३ औ र १३८ औ स्थान हासिल गरेका थिए । १२ औ र २७ औ स्थानमा जापानीहरु आएका थिए भने स्पेनका लुईस अल्बर्टो हर्नान्डोले ०८ :३८ :३५ मा पार गरि प्रथम तथा स्पेन कै क्रीस्टोफर क्लेमेन्टो र फ्रान्सका थोमस ईभान्सले क्रमशः ०८ :४६ :१९ र ०८ :४९ :३५ मा पार गरि दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । यो दौडलाई १५ घन्टा कटअफ समय थियो ।

त्यसै गरी महिला तर्फ छेछी शेर्पा, मनिकला राई, रोजिना भन्डारीले क्रमशः १२ :०९ :५८ , १२ :३४ :१५ र १३ :२२ :३३ मा पार गरि ४४ औ, ६१ औ र ८० औ स्थान हासिल गरे। प्रथम दोस्रो र तेस्रो नेदरल्याण्डकी रङ टेबाटस, स्पेनकी लैआ क्यानेरा र फ्रान्सका क्लेअर मोगुलले क्रमशः ०९ :५५ :00, १० :११ :११ र १० :१५ :२४ मा पार गरेका थिए ।

उक्त प्रतियोगितामा १०८ किमि, ८५ किमि र ६० किमि मा प्रतिस्पर्धा गराईएको थियो भने ८५ किमि लाई मेन ईभेन्टको रुपमा च्याम्पियनसिपको रुपमा मानिएको थियो ।
विश्वका हजारौ नामुद धावक धाविकाहरुले उक्त प्रतियोगितामामा भाग लिएका थिए । क्वालिफाईड हुनु पर्ने उक्त प्रतियोगितामा प्रवेश पाउनु मात्रै पनि ठुलो कुरा मानिन्छ ।

जनप्रगतिसिल मंच स्पेनद्वारा नेपाली धावक धाविकाहरुलाई सम्मान

जनप्रगतिसिल मंच स्पेनले स्पेनको पेन्यागोलोसामा आयोजना भएको ट्रेल रेसको विश्व च्याम्पियनसिपमा भाग लिन आएका सात नेपाली धावक तथा धाविकाहरुलाई सम्मान गरेको छ । गैर आवासीय नेपाली संघ स्पेनको कार्यालय बार्सिलोनामा सम्मान कार्यक्रम गरिएको हो ।

मंचका अध्यक्ष अर्जुन आचार्यको अध्यक्षतामा गरिएको सम्मान तथा बधाई कार्यक्रममा नेपाली जनप्रगतिसिल मंच युरोपका महासचिब गंगा भुषाल , गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य मुक्त गुरुङ , एन आर एन स्पेनका अध्यक्ष चिन्तामणि सापकोटा , एन आर एन स्वीटजरल्याण्डका उपाध्यक्ष बिजय शर्मा दर्पण , नेपाली पाठशाला स्पेनकी संयोजक सरला सापकोटा , मंचका सल्लाहकार बिबेक सापकोटा , बिशाल ढुंगाना , एन आर एन स्पेनका उपाध्यक्ष पेशल कुमार कोइराला , कास्की समाज स्पेनका अध्यक्ष केदार ढुंगाना , लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले नेपाली धावक धाविकाहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । सम्मान कार्यक्रम मंचका महासचिब अशोक किरण न्यौपानेले संचालन गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला