ललितपुरको बाल आश्रमलाई स्पेन स्थित साथीसँग मनका कुरा समुहको आर्थिक सहयोग

ZEN Travels

स्पेन । अनाथ बालबालिकाहरुलाई आश्रय दिने उदेश्यले ललितपुरको महालक्ष्मीमा सन्चालित होप राईजिङ्ग चिल्ड्रेन होम बाल आश्रमलाई स्पेन स्थित साथीसँग मनका कुरा समुहले आर्थिक सहयोग गरेका छन् ।

साथि संग मनका कुरा समुहले बार्सीलोना स्थित टिवेटिन हाउसमा नेपाली चलचित्र प्रदर्शन गरि संकलित जुटेको रकम १ लाख १३ हजार ५ सय ९४ रुपैया समुहका सदस्य रोसन पाठकले सोमबार हस्तान्तरण गरेका छन् । जिल्लाका थुप्रै संघसंस्था र दीनदुःखीहरुलाई सहयोग गर्दै आएका मन का कुरा समुहले होप राईजिङ्ग चिल्ड्रेन होम बाल आश्रमलाई पनि सहयोग गरेको पाठकले मेरोजिल्ला डट कम लाई जानकारी दिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला