स्पेनको बार्सिलोनामा मदन–आश्रित स्मृति दिवस मनाईयो

ZEN Travels

स्पेन । प्रवासी नेपाली मंच, स्पेनद्वारा ने.क. पा. (एमाले) का तत्कालिन महासचिव जननेता श्रद्धेय कमरेड मदन भण्डारी तथा तत्कालिन संगठन विभाग प्रमुख श्रद्धेय कमरेड जीवराज आश्रित ज्यूको सम्झनामा “मदन-आश्रित स्मृति दिवस-२०१८” कार्येक्रम सम्पन्न गरेको छ ।

गत मंगलबार मंचको कार्यालय रहेको ओल़ा नेपाल रेस्टुरेन्टमा मुक्त बहादुर गुरुङको प्रमुख आथित्यमा सम्पन्न भएको हो । मंचका अध्यक्ष हेम शेर्पाको अध्यक्षतामा , कार्यक्रम संचालन महासचिब दिनेश राज रेग्मीले गर्नु भएको थियो ।

हेमन्त रानाभाटको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिशेष अतिथि गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष चिन्तामणि सापकोटा ,प्रबाशी नेपाली मंचका निबर्तमान अध्यक्ष दिनेश गुरुङ , पर्यटन दुत दीपक खरेल का साथै अतिथिमा नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्र शर्मा , जनप्रगतिशिल मंच स्पेनका अध्यक्ष अर्जुन आचार्य , नेपाली पाठशाला स्पेनकी संयोजक सरला सापकोटा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मदन कुमार भण्डारीले सिर्जना गर्नु भएको जनताको बहुदलिए जनबाद २१ औ सताब्दीमा कम्युनिस्ट विचारमा अबल साबित भएको र २०५० जेठ ३ मा नेपालको भबिस्य बनाउने एक जना देसभक्त गुमाएको र उहाले देखाएको बाटोमा इमान्दार भएर अगाडी बढ्नुको विकल्प नभएको बक्ताहरुले बताएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला