जापानमा राष्ट्रियताको चर्चा

ZEN Travels

सुजन के.सी ,जापान ।

जापानमा राष्ट्रियताको चर्चा जापानमा आयोजित ‘राष्ट्र र राष्ट्रियता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रियतको विषयमा चर्चा गरेका छन् । फुकुओका नेपाल सोसाईटी जापानले आयोजना गरेको उक्त कार्यक्रम सहभागीहरुले व्यापक बहस गरेका थिए ।

कार्यक्रममा नागरिक समुहका अध्यक्ष तथा प्रमुख अतिथी निगम हुमागाईले नागरिक समुहको अबको तीन उद्धेश्य प्रस्तुत गरेका थिए । उनका अनुसार नागरिक समुहले अब देशमा कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने, आरक्षण कोटामा पनि प्रत्यक्ष निर्वाचन हुनुपर्ने र नेपाली नागरिकता नत्यागेको व्यक्तिले विदेशको कुनै पनि ठाउँबाट अनलाईन मार्फत मतदान गर्न पाउनुपर्ने विषयमा आवाज उठाउने जानकारी दिए ।

कार्यक्रममा नेपाल जापान पर्यटन सद्भावना दुत अनुज थापा, एनआरएन क्युसुका अध्यक्ष तथा फुकुओका नेपाल सोसाईटी जापानका पूर्वाध्यक्ष लक्ष्मण बानिया, पूर्वाध्यक्ष छत्र दाहाल, नेपाल सरकारका उपसचिव अशोक क्षेत्री, नेपाल जापान लायन्स क्लवका अध्यक्ष अर्जुन थापा लगायतका व्यक्तिहरु उपस्थित रहेको सोसाईटीका उपाध्यक्ष शिव शर्माले जानकारी दिए । हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्मराज अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रम फुकुओका नेपाल सोसाईटी जापानका अध्यक्ष नवीन अधिकारीको सभापतित्वमा भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला