मुस्ताङ:लेक लागेर भारतीय तीर्थयात्रीको मृत्यु

ZEN Travels

पर्वत ।
मुक्तिनाथ दर्शनका लागि मुस्ताङको मुक्तिनाथ पुगेका एक भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ ।
आइतबार मुक्तिनाथ दर्शन गर्न जोमसोमबाट त्यसतर्फ जाँदै गर्दा भारतीय नागरिक ४५ वर्षीय श्रीवाचनको मृत्यु भएको हो । भारतको आन्ध्र प्रदेश एवी गुन्टुक घर भएका श्रीवाचन लेक लागेर बाटैमा ढलेपछि उपचारका क्रममा जोमसोम जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
मृतकको शव आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला