स्पेनका लागि नेपाली राजदुत रायमाझी संग बार्सिलोनामा अन्तरक्रिया हुदै

ZEN Travels

भोला लामिछाने
स्पेन । नेपाल सरकारले स्पेनमा पहिलो पटक नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरि सोही मितीमै नेपाली राजदुतका रूपमा महामहिम भरतबहादुर रायमाझी लाई नियुक्त गरेको महिनौ वित्न लाग्दा समेत कार्यक्षेत्र [ म्याड्डीड ] पठाउन परराष्ट मन्त्रालय ले ढिलाई गरेको थियो । तत्कालीन प्रचण्ड सरकारको पालामा नियुक्त गरिएका राजदुतहरूमा केही मुलुकमा राजदुतको नियुक्ती विषयलाई लिएर चर्को आलोचना समेत हुदै गर्दा पहिलो पटक स्पेनमा राजदुताबास खोल्ने निर्णय भै सकेको र राजदुत समेत तोकिएको अवस्थामा कतै राजनैतीक परिवर्तन सगै राजदुताबास नै कोल्याप्स हुने त हैन स्पेनवासी नेपाली समुदायमा आशंका पैदा गरेको थियो । जब जनवरी २४ तारीख बुधबार बिहान ८ बजे राजदुत रायमाझी सहित को टोली स्पेनको म्याड्डीड अवतरण गर्यो त्यसपछी भने यहाँका नेपालीहरूमा खुसीको बहार आयो । ढुक्कको स्थिती पैदा गरायो । सरकारी ढिलासुस्ती तथा परिवर्तीत राजनैतीक परिवेशमा कतै राजदुताबास नै गुम्ने हो की शंका गर्नु पर्ने स्थीती पनी प्रवल रूपमा नै थियो । २४ जनवरीले त्यो सबै हट्यो ।

२४ जनवरी २०१८ बुधबार राजदुत सहितको टोली म्याड्डीड त आयो तर यहा नेपाली दुताबासको भवन टुड्गो लागेको थिएन । आर्थीक रूपमा कमजोर भन्दै नेपाल सरकारले कतीपय मुलुकमा राजदुताबास हटाईरहेको बेलामा स्पेनमा खोलिदै गरेको दुताबासको खर्च को बारेमा नेपाल सरकारले के कसरी समायोजन गर्ला यहाका नेपाली समुदायमा फेरी चिन्ताको विषय बन्यो ।

27 फेब्रअरीमा नेपाली राजदुतावास स्पेनको कार्यालयको टुड्गो लगाईयो । Calle de Manuel Gascón – 4,28043 Madrid, रहेको ठेगानामा कार्यालय संचालनमा आए सगै स्पेनका नेपाली समुदायमा पुन खुसी छायो । तर अझै औपचारीक रूपमा काम कारवाही भने भएन ।

अप्रील ५ तारीख बिहान ११ बजे नेपाली दुतावास स्पेनका लागि महामहिम राजदुत भरत बहादुर रायमाझीले स्पेनका राजा फेलिपे छैटौं (Felipe VI) समक्ष म्याड्रिडको राजदरबार (Palacio Real de Madrid) मा आफ्नो ओहोदाको प्रमाण-पत्र पेस गरे । साथै नेपाल र स्पेनको दैत्य सम्बन्धको ५० औं वर्षमा नेपालले स्पेनमा दुतावास स्थापना गरेकोमा स्पेनका राजाले खुसी व्यक्त गरे । र महामहिम राजदुत रायमाझीले छिट्टै नै नेपालमा पनी स्पेन सरकारले स्पेनीस राजदुत नियुक्त गर्न सके काठमाडौबाट नेपालीहरूका कामकारबाही गरि सहजता ल्याउन सकिने वताएको जनाएका थिए । तर यो काम अहिले सम्म हुन सकेको छैन । कमसेकम नेपालमा एक भरपर्दो कन्सुलेट सेवा को लागी कन्सुलर नियुक्त गर्न सके कागजी समस्याहरूको न्यूनिकरण हुने थियो सबै ले यही चाहेका छन् किनकी सानो कामको लागी पनी तुरून्त दिल्ली दौड्न नपरोस ।

मे ३ तारीख २०१८ बाट नेपाली दुतावास स्पेनको कार्यालयले औपचारिकरुपमा काम शुरू गरेको घोषणा गर्यो र कार्यालयबाट सेवा दिन थालेको छ ।

पहिलो पटक महामहिम राजदुत ज्यु रायमाझी लाई बार्सिलोनामा स्वागत गरिदै ।

२५ मे २०१८ शुक्रबारका दिन महामहिम राजदुत श्री भरत बहादुर रायमाझी र श्री भोज कुमार भट्टराई ज्यु कन्सुलर सेवा प्रदान गर्न बार्सिलोना आउंने कार्यक्रम तय भएको एन आर एन ए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले बताएका छन् । स्पेनमै नेपाली समुदायको बाक्लो बसोबास रहेको बार्सिलोनामा पहिलो पटक राजदुत आउन लाग्दा एन आर एन ए स्पेनको कार्यालयमा स्वागत तथा स्पेनमा नेपालीहरूका समस्या हरू विषयक अन्तरक्रीया समेत गरिने संघको विज्ञप्तीमा जनाईएको छ साथै पासपोर्ट सम्बन्धी काम कारबाही समेत गरिने भएको छ । स्मरणीय रहोस एन आर एन ए स्पेनको कार्यालय बार्सिलोनमा रहेको छ ।

नेपाल एम्बिसी म्याड्डीड सम्पर्क ठेगाना र नम्बर यस प्रकार रहेको छ ।

Calle de Manuel Gascón – 4,

28043 Madrid, Spain.

Metro L8 (Pinar del Rey)

Tel. Num. :- 911 038 285

E_mail :- (eonmadrid@mofa.gov.np)

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला