गोरेलाई आइतबार सनम हत्याको भिडियो देखाइने, लम्बियो बयान

ZEN Travels

मोरङ ।

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेति (गोरे)को बयान लम्बिएको छ । बुधबारदेखि जिल्ला अदालत मोरङमा लिन थालिएको बयान शुक्रबार पनि नसकिएको जिल्ला अदालत मोरङका निमित्त स्रेस्तेदार केदार प्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतिवादी धेरै हुँदा यस मुद्दाका मुख्य अभियुक्त गोरेको बयान लम्बिएको जिल्ला अदालत मोरङका निमित्त श्रेष्तेदार गौतमले बताउनुभयो । तेस्रो दिन पनि गोरेको ६ घण्टा बयान लिएको थियो । गोरेले अदालतका न्यायाधीश समक्ष २७ पृष्ठको बयान दिएको स्रोतले बताएको छ । गोरेको बयान लम्बिएको कारणले गर्दा उनको बयान आइतबार पनि हुने श्रेस्तेदार गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारसम्म गोरेसँग २७ पेज लामो बयान लिइएको छ । पहिलो दिन ६ पेजको बयान लिइएको थियो भने दोस्रो दिन १० र शुक्रबार ११ पेजको बयान लिइएको छ।

अदालत स्रोतका अनुसा आइतबारको बयानमा गोरेलाई सुनकाण्डसँग सम्बन्धित भिडियो पनि देखाउने योजना छ । गोरेको बयान आइतबार दिउँसोसम्म सकिए सोही दिन र ढिलो सकिए सोमबार थुनछेक बहस हुने अनुमान गरिएको छ । बयानको क्रममा गोरेलाई सोधिएको प्रश्न घुमाउरो र विषय वस्तुभन्दा अर्को तिर कुराकानी गर्दा बयान लिम्बिएको अदालत स्रोतले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला