अधिकारी वशं प्रतिस्ठान कुश्मा नगर कमिटीमा लोक प्रसाद अधिकारी !Merojilla.com!

ZEN Travels

पर्वत ।
कश्यप अधिकारी वशं प्रतिस्ठान कुश्मा नगर कमिटीको नयाँ कार्यसमिती आज गठन भएको छ । लोक प्रसाद अधिकारीको अध्यक्षतामा नौ सदस्य समिती गठन भएको हो । सिमतीले थप २ जना मनोनित गर्ने छ ।
नव गठित समितिको उपाध्यक्षमा तेजेन्द्र अधिकारी,सचिवमा रुद्र प्रसाद अधिकारी‘रामु’,सहसचिवमा आन्नद् अधिकारी,कोषाध्यक्षमा थुमा कुमारी अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुका बि.आन्नद् अधिकारी,लक्ष्मी अधिकारी,दुर्गा कुमारी अधिकारी र बाबुराम अधिकारी रहेका छन् ।


यस्तै कश्यप अधिकारी वशं प्रतिस्ठान कुश्मा नगर कमिटीको संरक्षकमा गोपि अधिकारी,दिनेश अधिकारी,डासीराम अधिकारी,जगन्नाथ अधिकारी र टेकनाथ अधिकारी रहेका छन् ।
सो अवसरमा नवगठित अधिकारी बन्धु समाज कुश्मा नगर कमिटीका पदाधीकारीहरुलाई नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन प्रदेश ४ का संयोजक,पर्वत उद्योग बाणिज्य माहसंघका उद्योग उपाध्यक्ष एवम नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष गोपी अधिकारी,नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रिय उपाध्यक्ष,प्रदेश ४ संयोजक शिव शर्मा अधिकारी र अधिकारी समाज पर्वतका जिल्ला अध्यक्ष हेमप्रसाद अधिकारीले शुभकामना ब्यक्त गरेका थिए ।

अधिकारी समाज पर्वतका जिल्ला अध्यक्ष हेमप्रसाद अधिकारीको सभापतित्वमा समपन्न भएको कार्यक्रममा कार्यसमितिका जिल्ला उपाध्यक्ष गोबिन्द अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने संञ्चालन जिल्ला कोषाध्यक्ष गोपाल अधिकारीले गर्नुभएको थियो ।


उता फलेवास नगरपालिका स्तरीय अधिकारी बन्धु पनि गठन भएको छ । शिब अधिकारीको अध्यक्षतामा नौ सदस्य अधिकारी बन्धु गठन भएको छ । समितिको उपाध्यक्षमा प्रेम प्रसाद अधिकारी,सचिवमा शालिग्राम अधिकारी,कोषाध्यक्षमा देवि अधिकारी,सहसचिबमा सिता अधिकारी रहनुभएको छ ।


त्यस्तै सदस्यहरुमा कृष्ण प्रसाद अधिकारी,यम प्रसमद अधिकारी,कमला अधिकारी र सारदा अधिकारी रहनुभउको छ । नवगठत समितिले अगामी जेठ १९ गते बिशेष बैठकको आवहान समेत गरेको समितिका अध्यक्ष शिब अधिकारीले जानकारी दिनुभयो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला