स्पेनका लागी नेपाली राजदुत रायामाझीलाई एन आर एन स्पेनद्वारा सम्मान

ZEN Travels

बार्सिलोना । गैर आवासिय नेपाली संघ स्पेनद्वारा स्पेनका लागी महामहिम नेपाली राजदुत श्री भरतबहादुर रायमाझी ज्युलाई बार्सिलोनामा पहिलो पटक स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । स्पेनका लागि नेपाली राजदुत भारत बहादुर रायमाझी सहित राजदुताबासका कर्मचारी श्री भोजकुमार भट्टराइ ज्यु सहितको घुम्ती टोलीद्वारा एन आर एन स्पेनको कार्यालयबाट २ दिने राहदानी तथा अन्य सेवाप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष चिन्तामणि सापकोटाको सभापतित्वमा प्रमुख अतिथि महामहिम राजदुत श्री भरतबहादुर रायमाझी हुनुहुन्थ्यो भने बिसिस्टअतिथि एन आर एन युरोप सह संयोजक एकराज गिरी , आई. सी.सी सदस्य तथा निबर्तमान अध्यक्ष मुक्त बहादुर गुरुंग , आइ. सी .सी सदस्य शितल भुर्तेल भुसाल , अबैतनिक बाणिज्य दुत लुइस बेल्विच , पर्यटन दुत दिपक खरेल,जनसम्पर्क समिती स्पेनका अध्यक्ष ईन्द्र शर्मा, प्रवासी मंच स्पेनका उपाध्यक्ष हेमन्त रानाभाट , जन प्रगतिसिल मंच स्पेनका अध्यक्ष अर्जुन आचार्य , तमु समाज स्पेनका अध्यक्ष गौतम गुरुङ, कास्की सेवा समाजका अध्यक्ष केदार ढुंगाना ,देउकाजि गुरुङ, बिस्णु रिजाल,रमेश निरौला, रमेश पौडेल, सुन्दर गुरुङ लगायत बिभिन्न ब्यक्तित्वहरुले राजदुत समक्ष आ-आफ्नो जिज्ञासा राखेका थिए ।

अन्तरकृयापछि महामहिम ज्यु संग डिनर कार्यक्रम सम्पन्न गरिएको थियो त्यसै गरि घुम्ती टोलीद्वारा एन आर एन स्पेनको कार्यालय बाट २ दिने राहदानि तथा अन्य सेवा प्रदान कार्यक्रममा करिब २० जनाभन्दा बढी सेवाग्राहीहरुले सेवालाभ लिएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला