पर्वत: आर्दश,नमुना,कालिगण्डकी र गुरुकुलका स्काउटहरु अन्तराष्ट्रिय स्काउट तालिममा कनिन हिँडे ।

ZEN Travels

पर्वत ।
नेपाल स्काउटले आयोजना गरेको नुवाकोटको ककनि अन्तराष्ट्रिय स्काउट तालिममा यहाँका विद्यालयका स्काउटहरु सहभागी भएका छन् । ककनि अन्तराष्ट्रिय स्काउट तालिममा आगामी जेठ १६ देखि २१ सम्म नुवाकोटमा आयोजना हुने भएको छ ।
सोमबार बिशेष कार्यक्रमको आयोजना गदै पर्वत जिल्लावाट आदर्श मा.वि ,नमुना अ.आ.मा.वि,कालिगण्डकी एकेडेमि मा.वि, र गुरुकुल मा.वि का गरि जम्मा २० जना ,स्काउट शिक्षक ४ जना,कन्टेन्जेन्ट लिडर संरक्षक ४ जना र जिल्ला आयुक्त ३ जनाको सहभागिता रहने छ । सो अबसरमा ज्याम्बोरी अभिमुखिकरण कार्यक्रम आर्दश मा.वि.मा सम्पन्नभएको छ । उक्त कार्यक्रममा जिल्ला आयुक्तले निर्देशन सहित विद्यार्थीहरुलाई सम्बोधन गर्नुभएको थियो । अभिमुखिकरणमा आदर्श मा.वि.का स्काउट संरक्षक हिम बहादुर पौडेलले गर्नुभएको हो ।

कार्यक्रममा सहभागि विद्यालयका संरक्षकहरु इन्द्रमान खत्रि,बसन्त कुमार कर्माचार्य,उज्वल अधिकारी तथा कन्टेण्जेन्ट लिडर जलन केसि र सहभागि विद्यालयका स्काउट शिक्षकको सहभागिता थियो । , भने कार्यक्रमको सञ्चालन आदंश मा.वि.का शिक्षक कमल थापाले गर्नु भएको थियो ।

यसैबिच
आदर्श मा.वि.मा नेपाली सेनाद्धारा एनसिसि ४५ औं व्याचको निम्ति अभिमुखिकरण
आदर्श मा.वि.कुश्मामा नेपाली सेनाद्धारा एनसिसि ४५औं व्याचमा सम्मिलित हुन चाहने विद्यार्थीहरु र उनीहरुमा अभिभावकहरुलाई निम्ति अभिमुखिकरण  श्री केवलजगं गुल्मका गुल्मपति सेनानी सुरेन्द्र योगिबाट अपरान्ह सम्पन्न भएको छ ।कार्यक्रममा स्वागत हिम बहादुर पौडेल क्षेत्री र सञ्चालन कमलथापा बाट भएको थियो ।
सबैलाई अवगतनै की यस विद्यालयको जुनियर डिभिजन एनसिसि ४२औ व्याच सबैमा प्रथम प्रथम भई एकजना वि. प्रविन्ता चामलिड राई वगंलादेशको रँष्ट्रिय दिवसमा भाग लिने अवसर प्राप्त भएको थियो भने ४३औं ब्याचमा पनि ट्रुप प्रथम भएको थियो । १६ गते देखि छर्नौट प्रक्रिया सुरुहुने छ सबै तयारि भई सके पश्चात असारमा प्रथम प्रवचन भई तालिम सञ्चालन हुने छ ।साथै १६ गते नेपाली सेना बाहिनिका चिकित्सकबाट स्वास्थ्य परिक्षण तथा अन्य इच्छुक अभिभावकहरुले समेत स्वास्थ्य परिक्षण गराउन सक्ने कुराको जानकारी श्री केवलजगं गुल्मका गुल्मपति सेनानी सुरेन्द्र योगिले गराउनु भयो । कार्यक्रमको सञ्चालन एकेडमिक प्रमुख कमलथापाले गर्नु भएको थियो भने सबै शिक्षकहरुको उपस्थिति रहेको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला