‘शत्रु गते’को सफलता पछि स्पेनमा ‘डमरुको डन्डीबियो’

ZEN Travels

बिजय शर्मा दर्पण

बार्सिलोना । डन्डीबियो खेलको पृष्ठभूमिमा बाबु र छोराबीचको सम्बन्ध र द्वन्द्वलाई केलाउन खोजेको चलचित्र ‘डमरुको डन्डीबियो’ यही आउने जुन ३ तारिख बार्सिलोनामा प्रदर्शन हुदै छ ।

 

स्पेनमा चर्चित रहेको नेपालीहरुको समुह नेपाल इभेन्ट्सका संचार निर्देशक साइग्रेस पोख्रेलले मेरोजिल्ला डट कमलाई दिएको जानकारी अनुसार स्पेनमा रहेका नेपालीहरुले यो चलचित्रबाट धेरै भन्दा धेरै मनोरंजन लिने आशा गरेका छन् ।

 

 

प्रदर्शनका लागि स्पेनमा थुप्रै चलचित्र आउने गरेका छन् तर थोरैले मात्रै बजार लिने गरेको छ जसमा ‘शत्रु गते’को सफलता सँगै भर्खरै प्रदर्शनमा आएको ‘डमरुको डन्डीबियो’ पनि स्पेनमा प्रदर्शन हुने नेपालोनाका सदस्य सुरेश शर्माले बताए । चलचित्रमा खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

 

नेपालको राष्ट्रिय खेलबाट हटाईएको र लोप हुनलागेको खेल डण्डीबियोमा आधारित चलचित्र ’डमरुको डण्डीबियो’ नायक खगेन्द्र लामिछानेले आफैले लेखेको चलचित्र हो । समृद्धि इन्टरटेनमेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानी रहेको चलचित्रमा मेनुका प्रधान, अनुप बराल, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतकको अभिनय रहेको छ । फिल्मको पटकथा अभिनेता लामिछाने स्वयंले लेखेका हुन् ।

 

 

प्रितम पाण्डेको सम्पादन रहेको फिल्ममा कालीप्रसाद बासकोटाको संगीत र हरि हुमागाईको छायांकन रहेको छ । चलचित्र २ घण्टा १५ मिनेटको रहेको निर्माण पक्षले जनाएको छ । करिब १ करोडको लगानीमा निर्माण गरीएको चलचित्रको लम्जुङको घले गाउँ र काठमाडौंमा छायाङ्कन गरिएको छ ।

 

 

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला