गर्मीमा शीतलता दिने ६ फलफूल

ZEN Travels

खरबुजा

गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो ।

तर, यो धेरै खनिज पदार्थ, भिटामिन र थोरै क्यालोरी भएको फल हो । यसमा पाइने भिटामिन ‘ए’ ले कपाल र छालालाई पनि राम्रो गर्छ । यसमा पाइने धेरै पानीको मात्रा र फाइबरले पाचन प्रणालीलाई सहयोग पुर्याउनुका साथै कब्जियत हुनबाट पनि जोगाउँछ ।

यसमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ । यो आफैंमा चिसो हुन्छ यसको सेवन गर्दा शरीर शीतल हुन्छ । गर्मीमा डेजर्टको रुपमा खाइने यो उपयुक्त फल हो ।

स्याउ

स्याउ सदाबहार फल हो । दैनिक एउटा स्याउ खानाले डाक्टरकोमा धाउन पर्दैन भन्ने भनाइ नै छ । हुन त स्याउ जुनसुकै मौसममा खान सकिन्छ । स्याउमा धेरै मात्रामा फाइबर, एन्टीअक्सिडेन्ट, भिटामिन बि कम्प्लेक्स पाइन्छ ।

त्यसैगरी यसमा पोटासियम, क्याल्सियम र फस्फोरस पनि अधिक मात्रामा पाइन्छ । यसमा क्यालोरी कम हुन्छ । जो मानिस डाइटमा छन् स्याउ उनीहरुका लागि उपयुक्त खाना हो ।

मेवा

मेवा खानु धेरै फाइदाजनक छ । हेयर प्याक या अनुहारमा लगाउँदा पनि यसले निकै फाइदा गर्छ । यसले छालालाई डढ्नबाट जोगाउन सहयोग गरी उपयुक्त सनब्लकको काम गर्छ ।

यसले मुटुका रोग, मधुमेह, क्यान्सरबाट बचाउन मद्दत गर्नुका साथै ब्लड प्रेसर घटाउँछ साथै घाउ पनि छिटो निको पार्ने काम गर्छ । यसमा रहेको इन्जाइम जसलाई पपायिन भनिन्छ त्यसले पाचनशक्तिमा सहयोग गर्छ ।

यदि तपार्इंलाई आफ्नो तौल घटाउनुछ भने मेवालाई आफ्नो दैनिक खानामा समावेश गर्नुहोस् ।

काँक्रो

काँक्रो पनि गर्मीमा सबैभन्दा बढी खाने खाइने खानेकुरामा पर्छ । यसमा ९५ प्रतिशत मात्रामा पानी पाइन्छ । यो गर्मीमा महिनामा खान एकदमै लाभदायक छ ।

यसमा रहेको फाइबरको मात्राले कब्जियत हुनबाट जोगाउँछ । यसमा सोडियम, कार्बोहाइड्रेट, कोलेस्ट्रोलको मात्रा निकै कम पाइन्छ । काँक्रो काटेर माथिबाट थोरै विरे नुन छर्केर खानुस् वा दहीमा मिलाएर खानुस् तपाईं उत्कृष्ट स्वाद पाउनुहुन्छ साथै शरीरलाई शीतलता पनि ।

भूइँकटहर

भूँइकटहर पनि छाला र स्वास्थ्यका लागि निकै नै उपयोगी फल हो । गर्मीमा सकेसम्म यो फल खान नछुटाउनु बेस हुन्छ ।

भूँइकटहरमा भिटामिन सि धेरै मात्रामा पाइन्छ जसले शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । अध्ययनअनुसार भूँइकटहरले क्यान्सरको जोखिम पनि घटाउँछ ।

केरा

केरा पनि एकदमै उपकारी फल हो । केरा खानाले तपाईंलाई चिसो महुसुस गराउनुका साथै ब्लड प्रेसर, आज्मा र क्यान्सरको जोखिम पनि घटाउँछ । यसमा धेरै मात्रामा कार्बोहाइड्रेट्स र फाइबर पाइन्छ ।

गर्मीमा धेरै झाडापखालाको समस्या पनि भोगिरहेका हुन्छौं । त्यसो हुँदा शरीर कमजोर बन्न पुग्छ । केराले शरीरमा रहेको पोषणलाई बचाउन मद्दत गर्छ कमजोर हुन दिँदैन ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला