ग्लोवल आइएमई बैंकको शाखारहित बैकिङ सेवा कुश्मा खुर्कोटमा

ZEN Travels

पर्वत |

ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा पर्वतद्वारा ‘‘शाखा रहित बैकिङ सेवा’ कुश्मा नगरपालिका २ खुर्कोट बिस्तारमा भएको छ ।

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बुधबार सेवाको उद्घाटन गर्दै शाखा रहित बैङिकङ सेवामा जनघन्तव धेरै भएको पाङ र खुर्कोटमा राम्रो कारोबार पाईएमा ग्लोवल बैंकले शाखा नै बिस्तार गर्नुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा कुस्मा १ पाङका वडाध्यक्ष देबेन्द्र सुवेदी र कुस्मा २ खुर्कोटका वडाध्यक्ष यदुनाथ बास्तोलाले ‘शाखा रहित बैङिकङ सेवाले जनताको घरदैलोमै सेवा सुरु गरेकोमा खुशि ब्यक्त गदै सवैलाई आर्थिक कारोबार गर्न सुझाए ।

गाउँ घरका जनताहरुलाई बैंकमा पैसा राख्दा सुरक्षित हुने बताए । उनीहरुले पाङ र खुर्कोटका नागरीकहरुलाई ग्लोवल आइएमई बैंक लिमिटेडमा बचत गर्ने बानीको बिकास गर्न पनि आग्रह गरे ।

ग्लोवल आइएमई बैंक लिमिटेड पर्वतका प्रबन्धक गोविन्द् आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न कार्यालय तथा संघ संस्थाका र स्थानीय प्रतिनिधिहरु छत्र बहादुर क्षेत्रीले बोलेका थिए ।

शाखा रहित युनिट ग्लोवल आइएमई बैंकका संयोजक प्रविा बिक्रम शाहीले उपस्थितहरुलाई बैकमा एटिमवाट कारोवार गर्ने तरिकाको बारेमा प्रशिक्षण गरे । उनले शाखा रहिल बैंकवाट दिनमा १ लाख सम्म जम्मा गर्न सकिने र ५० हजार सम्म झिक्न सकिने सुनाए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला