‘ लम्फू ’दर्शक तान्दैं

ZEN Travels

पर्वत ।
नेपाली चलचित्र लम्फू ले दर्शक तान्दै गरेको पत्रकार सम्मलन मार्फत बिहिबार जानकारी गराईएको छ । चलचित्र लम्फू अहिले प्रर्दशनको क्रम्ममा छ ।
चलचित्रका निर्देशक  गोपालचन्द्र लामिछाने मिडियाको सकरात्मक सहयोग रहेको बताएका छन् । गत हप्ता गरिएको ‘च्यारेटी सो ’ मा चलचित्रलाई यहाँका दर्शकले राम्रो प्रतिकृया दिएको उनले बताए । उनले भने,‘आफ्नौ स्थानीय क्षेत्र भएर पनि होला माया रामै्र पाएँ ।
पत्रकार सम्मेलनमा ‘च्यारेटी सो ’ गरे वापत १ लाख ३५ हजारको आम्दानी भएको पर्वत मिलन क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठले बताए । उनले चलचित्र लम्फू ले समाजिक र समसामयिक कथाको चित्रण गरेको बताए ।
चलचित्र लम्फू मा यहाँका करिब २० जना स्थानीय कलाकारहरुलाई समेटिएको छ । कलाकार छनोट समितिका संयोजक झल्क कार्कीका अनुसार अभिनयमा धेरै मध्य २० जना मात्रै समेटेको जनाए । लम्फू चलचित्र प्रर्दशनको क्रम्मा मिडिया खुलेर लागेको भन्दै लामिछाने सबै प्रति कृत्यज्ञ रहे ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला