पर्वतः ‘हरिदर्शन भजन माला ’विमोचन फोटा सहित

ZEN Travels

पर्वत ।
कवि तथा गीतकार लेखनाथ शर्माद्धारा लिखित भक्तिपरक  गिती कविता ‘हरिदर्शन भजन माला ’ विमोचन भएको छ ।

चौतर्फी श्रोत मञ्च पर्वतकोे आयोजना शुक्रबार कुस्ममा कृति विमोचन भएको हो । सो कृतिको विमोचन गर्दै राष्ट्रिय सरल कवि शान्ति नारायण श्रेष्ठले कृति निकै मार्मिक रहेको बताए । उनले ‘हरिदर्शन भजन माला ’ ले धर्मको प्रचारप्रसार गर्दै आधुनिक पिढि सम्म धर्मको प्रचारप्रसार गर्ने सुनाए ।


पर्वत साहित्य संगमका सचिव एवंम उक्त कृतिका समिक्षका डि.आर शर्माले यसमा भयवान हरिको चर्चा पाईएको बताए । भगवान कृष्ण लिला समेत यसले बाहिर ल्याउने प्रयत्न गरेको समेत उनले बताए । सो अवसरमा कवि तथा गीतकार लेखनाथ शर्माले कृति भक्तिपरक  भएको प्रस्ट पारे । उनले आफना पितावाट धार्मिक क्षेत्र प्रति मोह रहेको सुनाए । सानै उमेरदेखि आफुले धार्मिक भर्जन कृत्न गर्दै हिडेको उनले बताए । उनले भने,‘३८ बर्ष सम्मको शिक्षण अबधिमा विद्यार्थीहरुलाई पढाउदाँ समेत नाटकिय् रुपमा अध्यापन गराउँदै भजनकृत्नको प्रचारप्रसार गरेको सुनाए । उनले हाल सम्म चारवटा भजन माल कृति प्रकाशन गरेका छन् ।


उनका भावना लोक तथा आधुनिक गीत सङ्ग्रह–२०७१,चुडामणि भजन सङ्ग्रह–२०७३,गौरी शंकर तीज गीत मञ्जरी–२०७३ प्रकाशन भएका हुन । भने,चौथो कृति ‘हरिदर्शन भजन माला २०७४ विमोचन भयो ।विमोचन समारोहमा प्रमुख अतिथी पर्वत उद्योग बाणिज्य महासंघका उद्योग उपाध्यक्ष ठाकुर वि पौडेल,साहित्यकार प्रेमप्रसाद रेग्मी,सुन्दर प्रसाद जोशी,मानव अधिकार संगठन पर्वतका सचिव माधव पौडेल,माधुरी साहित्यक पर्वतका अध्यक्ष सरस्वती शर्मा जिज्ञासु,कुलप्रसाद पाध्याय,ईन्द्र कुमार विकलप,श्याम शर्मा लगायतले कृतिको पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए ।


चौतर्फी श्रोत मञ्च पर्वतका अध्यक्ष कालिप्रसाद शर्माको अध्यक्षतामा विमोचन समारोह समपन्न भएको थियो । चौतर्फी श्रोत मञ्च पर्वतका कार्यकारी प्रमुख गणेश बहादुर क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शिवराज शर्मा गरेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला