दरबार हत्याकाण्ड भएको १७ वर्ष पुरा

ZEN Travels

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १७ वर्ष पुरा भएको छ । २०५८ जेठ १९ गते राती तत्कालिन राजा विरेन्द्र शाहको बंशनास हुनेगरी हत्याकाण्ड मच्चाइएको थियो । सो क्रममा बीरेन्द्र सहित राजपरिवारका १० जनाको हत्या भएको थियो ।

तत्कालिन रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए आफुले रोजेकी युवतीसंग बिबाह गर्न नपाएको झोकमा तत्कालिन युवराज दिपेन्द्रले सबैको हत्या गरेको बताइएको छ ।

यद्यपी स्वतन्त्र ढंगले घटनाको छानविन हुन नसकेकाले आम जनतामा भने हत्याबारे अनेकौ आशंका कायमै छन् । बीरेन्द्रको बंशनास भएपछि राजा बनेका ज्ञानेन्द्र शाहले पछि राज्यसत्ता हातमा लिनुभएको थियो । १९ दिने जनआन्दोलनपछि २०६३ सालको सुरुवातमा ज्ञानेन्द्र घुँडा टेक्न बाध्य भएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला