पर्वत :सडक फराकिलो बनाउन प्रयोग भएको स्काभेटरमा आगजनी

ZEN Travels

पर्वत ।

पर्वतको फलेवास नगरपालिकामा बाटो फराकिलो बनाउन प्रयोग भएको स्काभेटरमा आगजनी भएको छ ।

जैमिनीघाट–पोखरा सिधा सडक स्तरोन्नतिका लागि प्रयोग भएको स्काभेटरमा फलेवास नगरपालिका–५ झकलकमा गएराति आगलागी भएको हो ।

आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षति भएको फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिए ।

भर्खरै मात्र शोरुमबाट निकालिएको उक्त स्काभेटर अनटेस्टमै चलिरहेको प्रहरी निरीक्षक दिपक थापाले बताए ।

स्काभेटरमा कसले आगो लगाएको हो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला